हामी कहिले सचेत नागरिक हुने ?

2 वर्ष पहिले प्रकाशित

(2079-06-01 B.S.)

4372 पटक देखिएको

भरत सिंह 

संसार र पृथ्वीको आकार उस्ता उस्तै हुन नसक्नुमा अन्टार्कटिका महादेशले कहीं न कहीं प्रमुख भूमिका निभाएकाे छ । जसले गर्दा संसारमा कहीं घाम कहीं छाँया, कहीं बाढी कहीं पहिरो , कहीं गर्मी कहीं ठण्डी , कहीं वर्षा कहीं सुख्खा तर एउटै परिवर्तनले पूरै संसारलाई हल्लीखल्ली मचाई दिन्छ।र त्याे परिवर्तन हो " जलवायु " ।

नेपाल देशको वारेमा गहिरो चिन्तन गर्ने हो भने राष्ट्रिय वा क्षेत्रिय पार्टी र ती पार्टीका सिद्धान्त र नीति फरक- फरक भएपनि " गठबन्धन पार्टीले " उच्च तहका वा शिर्ष नेताहरुलाई आउदो मंसिर ४ गतेको चुनावमा जिताउनै पर्ने वाध्यता छ तर गठबन्धन भित्रकै अन्य नेता र कार्यकर्ताहरुको मनमस्तिष्कमा कति रेक्टर स्केलको भूकम्प जानेछ त्यसकाे लेखाजोखा त ने क पा एमाले , रा प्र प्रा र मधेसमा सि के राउत को जनमत पार्टी र भेडा भनाउने नेपाली जनताले कम वा बेसी असर नपार्ला भन्न सकिन्न।

भेडा भनाउनेहरु‌ विश्वविद्यालयमा पढाउने रिडर , प्रोफेसर , लेक्चर देखि माध्यमिक र आधारभूत तहमा पढाउने शिक्षकवर्ग , कुनाकुनाकाे समाचारदातावर्ग , भविष्यका कर्णधारवर्गले देश निर्माणकोलागि कहिले सिकाएन र सिकाउने कोशिस पनि गरेन र गर्दैनन् पनि । त्याे छ - Who is right ? र What is right ?

तर मन्त्रालय देखि तल्लो तहका निजामती कर्मचारीहरु अवश्य पनि भेडाभेडीमा गिन्ती छैनन् किन ? बुझ्ने कोशिस गर्नुपर्छ - हरेक कर्मचारी चाहन्छ मेरो हाकिम ( जनप्रतिनिधि ) नबुझ्नेहोस , मैले भने अनुसार कार्य हुन्छ । जान्ने हाकिम ( जनप्रतिनिधि )भइदियो भने सबै योजनामा आम्दानी बाँडिन्छ तर नबुझ्ने हाकिम ( जनप्रतिनिधि ) आयो भने हरेक योजनाबाट पि सी लिन पाइन्छ।

पि सी भनेकै घुस हो र यही घुसलाई अंग्रेजी भाषामा Corruption ( क्रपसन )र नेपाली भाषामा भ्रष्टाचारी भनिन्छ र कहिले पनि, जुनसुकै अवस्थामा पनि , अलिकति पनि , ठ्याप्पै नबुझ्ने नेपालमा नेपाल प्रहरी र ट्राफिक प्रहरी हुन । यस लाइनमा ( सेवामा ) गलती गर्नेलाई र गलती नगर्नेलाई दुबैलाई कानुनी दायरामा ल्याई पहुँचको आधारमा फैसला दिइन्छ। मैले भन्न चाहेको पुलिस प्रशासनले पनि कडाइका साथ सिकाउन सकेको छैन कि Who is right ? र What is right. ?

‌ हुनत: न्यायाधीशहरुले जब Right लाई Wrong र Wrong लाई Right अर्थात जितलाई हार र हारलाई जित बनाउन सक्छ भने कसैकाे माथि औला ठड्याउन चेष्टा पनि गर्नु उचित हुदैन ।

हामी साधारण जनताले सुन्ने र भन्ने गरेका छौ कि देशको नेताले भ्रष्टाचारी गर्छ , पुलिस प्रशासनले देशको दक्षिणी बोर्डरमा साधारण जनतालाई परेशान गर्छ , ट्राफिक प्रहरी जहाँतहीँ दुई चक्का देखि चार , आठ वा बढी चक्का भएको गाडीको ड्राइभरलाई दु:ख दिने गर्छ ।

‌ हो , भ्रष्टाचारी गर्ने नेतालाई भोट किन

दिनु ? दुई नम्बरी काम नगरेपछि पुलिसले दु:खै दिदैन र ड्राइभर ले गाडीको कागजात चुस्तदुरुस्त राख्यो भने , ट्राफिक नियम पालना गरियो भने ट्राफिक प्रहरीले दु:ख दिने कुरै हुँदैन।

‌‌देश‌ किन बिग्रियो ? सोच्न बाध्य हुन्छौ र इतिहास तिर हेरेर भनिन्छ- राजतन्त्रका नेताले पैसा लुटे । कसरी ? राजाले विदेशसंग भिखारी बनी भिखै मागेर पूर्व पश्चिम राजमार्ग बनाए , बुटवलमा धागो कारखाना , हेटौडामा हेटौडा सिमेन्ट , हेटौडामै हेटौडा कपडा उद्योग, बिरगंजमा चिनी कारखाना र आधुनिक औजार कारखाना , जनकपुरमा जनकपुर चुरोट कारखाना लिमिटेड, काठमाडौंमा बाँसबारी छाला जुत्ता उद्योग, भक्तपुरमा हरिसिद्धि ईटा उद्योग , विराटनगरमा यो जुट मिल कारखाना र अन्य ठूला साना कलकारखाना र उद्योग सञ्चालनमा ल्याए र हजारौं दक्ष , अदक्ष, अर्धदक्षलाई रोजगार दिइ समृद्धि तर्फ डोर्याए । शैक्षिक क्षेत्रमा विश्वविद्यालय, कलेज, स्कूल बनाए । स्वास्थ्य क्षेत्रमा अस्पताल निर्माण गरे । नेताहरु यसैबाट कमाए वा लुटे।

बहुदलीय व्यवस्थाको नेता र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नेताले पैसा र देशको स्थायी सम्पत्ति दुईटै लुटे । जस्तै विभिन्न कलकारखाना र उद्योगहरु सबै बेचे ।

भन्नुस कि देश कसले बिगार्यो ? स्पष्ट भयो कि जुन व्यवस्था नेपालमा ल्याए पनि २०७४ साल सम्मको प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनावमा ऊही गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा , के पी ओली , माधवकुमार नेपाल , झलनाथ खनाल , डाक्टर बाबुराम भट्टराई, प्रचण्ड, राजेन्द्र महतो , हृदेश त्रिपाठी र अरुहरुपनि ।

नेपाल देशलाई अहिलेको दुर्दशा सम्म पुर्याउने स्वाँठ (यस्ता ) नेताहरु यीनैहरु हुन । त्यसैले हामी सचेत युवाहरु त विज्ञान र प्रविधिको युगको युवा हो । अत: सबमा। अनुरोध छ कि २०७९ साल मंसिर ४ गते को चुनावमा देश लुट्ने, देशप्रतिको माया नहुने , लोभ देखाउने , पैसा बाँड्ने , जनतालाई सबै चुनावमा झुटो आश्वासन बाँड्ने यस्ता नेताको काम छैन त्यस कारण पाखा ( साइड ) लगाउनैपर्छ ।

अन्त्यमा भन्नु पर्दा , देश मात्रै होइन गाउँ समाज पनि बिगार्ने संगै गाउँ घरमा दादागिरी गर्ने, सानोतिनो झैझगडामा‌ पुलिस थानामा पुर्याउने, मुद्दामामिलामा फसाउने , जिन्दगी नै बिगार्ने गरी रोजगारीकाे आशा र भरोसा दिने जस्ता चुनावमा उठेका उम्मेदवारलाई भोट नदिउँ .... भोट नदिउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

23 घन्टा पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ CASH पाउँ एक्कासी योजना

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग..

2 महीना पहिले

टिकटकमा कता जादै छ नयाँ पुस्ता

जेष्ठ २ ,सोमबार  अश्लिल भिडियो ,तस्विर ,अपशब्द ,गालि गलौज ,फ्यासनको नाममा सांस्कृतिक परम्पराको उल्लङ्घन अब सामा..

2 वर्ष पहिले

औद्योगिक क्षेत्रका कारण दुखी भएका पीडित परिवारका ओठमा म..

पवन प्रसाद साह                                  युवा नेता कृष्ण प्र उपाध्याय ( दर्शन ) लुम्बिनी प्रद..

2 वर्ष पहिले

प्राकृतिले भरिएको नेपाल

- नेकपा(माओवादी केन्द्र)का बिरगंज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक एसिया महादेश को ०.३ भुभाग ओगटेको देश ने..

2 वर्ष पहिले

भगवानको रुप माटोको मुर्तिमा

फाल्गुन २ ,सम्सी मिथिला बिहारी पण्डित ,जो आफ्नो मुर्ति बनाएर त्यसलाई बेचेर सामान्य रुपले आफ्नो जीवन व्यतित गर्छ..

3 वर्ष पहिले

गणतन्त्र कि गरिबतन्त्र ?

माघ ७ ,गौशाला                                    गणतन्त्र  कि गरिबतन्त्र  ?                ..

3 वर्ष पहिले