आइसियु सहितको सुविधा सम्पन्न हस्पिटल सर्लाहीमा पहिलोपटक खुल्यो

7 महीना पहिले प्रकाशित

(2080-06-28 B.S.)

3160 पटक देखिएको

सर्लाही,असोज २८ गते ।
सर्लाहीमा पहिलोपटक  सुविधा सम्पन्न हस्पिटल् खुलेको छ । मलंगवा नगरपालिका वडा नं वडा नं २ मा आईसियू सहितको  म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल  एण्ड ट्रामा सेन्टर खुलेको छ । हस्पिटलको उद्घाटन मलंगवा नगर प्रमुख नागेन्द्र रायले गर्नुभएको छ ।
म्याक्स हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डां संजय कुमार साह, मुटु रोग विशेषज्ञ  डां राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डां विजय कुमार कापर, डां निमु कुमारी साह, रेडियोलोजिष्ट डां सोहन कुमार साह लगायतका विशेषज्ञ  चिकित्सकहरु बाट सेवा प्रदान गरिने छ ।
हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृया बाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औँ घन्टा एम बि बि एस डाक्टर सहितको सेवा, लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जनाएको छ ।
खासगरी सर्लाहीमा सुविधा सम्पन्न अस्पताल नहुदा सर्लाहीवासी जनकपुर, बिरगंज, भरतपुर, धरान, काठमाडौं, भारतको विभिन्न अस्पताल जादा महंगो उपचार गराउने बाध्यतालाई अन्तय गर्नको लागि सर्लाहीमा म्याक्स हस्पिटल खुलेको अस्पतालका संचालक डां विजय कापरले जानकारी दिनुभयो ।
कविलासी नगरपालिकाका पुर्व नगरप्रमुख कौशल किशोर रायले सर्लाहीमा रहेको प्रदेशीक अस्पताल बाट प्राय जसो बिरामी रेफर हुने गरेको तथा स्थानीयलाई पनि सरकारी अस्पताल प्रति विश्वास घटेको बताउनुभयो । उहाले  राम्रो हस्पिटल नहुदा शास्ती भोगनु परेको थियो हाल सुविधा सम्पन्न हस्पिटल भएपछी त्यो शास्ती हटेको बताउनुभयो ।
समयमै विशेषज्ञ डाक्टरको उपचार नपाएर कतिपयको अकालमै मृत्यु पनि हुने भएको हुदा कम खर्चमा विशेषज्ञ सेवा प्रदान गर्न हस्पिटल खोलिएको डां कापरले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य  जंगिलाल राय यादव, कौशल किशोर राय, सकुन्ती देवी,नेपाली कांग्रेसका  पुर्व सभापति लक्षमण राय, नापी कार्यलय प्रमुख संजय मनान्धर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

21 घन्टा पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

गौशालामा पुर्व मन्त्री साहद्वारा स्वास्थ्य भवनको शिलान..

निरन्जन कुमार साह महोत्तरी , चैत्र २२ गते महोत्तरीको गौशाला नगरपालिकामा स्वास्थ्य भवनको बिहिवार शिलान्यास भएको..

1 महीना पहिले

गौशालामा १०० बेडको अस्पताल बनाउने अठोट गरेको छु : नगर प्र..

निरन्जन कुमार साह महोत्तरी , फाल्गुन १४ गते महोतरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १०० बेड ..

3 महीना पहिले

सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तर..

ममता शर्मा , महोत्तरी । महोत्तरीको बर्दिबासमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया का..

3 महीना पहिले

जानकी एकेडेमिक हस्पिटलको नवनिर्मित भवनको समुद्घाटन

निरन्जन कुमार साह  महोत्तरी । कार्तिक १८ गते  महोत्तरीको रामगोपालपुर - ९  मा रहेको   जानकी एकेडेमिक हस्पिट..

7 महीना पहिले

अत्यधिक गर्मी बढेको कारण महोत्तरीमा जनजीवन प्रभावित 

मनिषा शर्मा  महोत्तरी , जेष्ठ २० गते  महोत्तरीसहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै  गएको  कारण जनजीवन प्रभा..

12 महीना पहिले