भदौ १२ गते
भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध ट्विन टावर विष्फोट गरि ढालिएको छ। आइतबार दिउँसो भारतीय समय २:३० मा सो विष्फट गरिएको हो। विष्फोटपछि केही सेकेन्डमा दुवै टावर धवस्त भएका छन्।
टावर भएको स्थान वरिपरि धुवा फैलिएकव छ। विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए-नभएको भने एकिन भइसकेको छैन।