तिजको कारण बैठक स्थगित, आज नआउने भयो कक्षा १२ को नतिजा

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-५-१४ गते   ८२० पटक हेरिएको

भदौ १४ 

 कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक नहुने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले ३ बजेका लागि बोलाएको बैठक स्थगित भएपछि नतिजा सार्वजनिक नहुने भएको हो। 

तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ। अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए।

'आजको बैठक 'पोस्टपोन्ड' गरिएको छ। आज बोर्ड नबस्ने जानकारी फोनमार्फत दिइसकिएको छ। तर अब बैठक कहिले बस्छ भन्ने चाहिँ निश्चित भैसकेको छैन,' अर्यालले भने।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech