हेड मास्टर चाहिदैन भन्दै सम्सीमा विद्यार्थीहरु आन्दोलित ,माग पुरा नभए सम्म पठनपाठन ठप्प पार्ने चेतावनी

ममता शर्मा    प्रकाशित: २०७९-५-२३ गते   १५४०९ पटक हेरिएको

ममता शर्मा

गौशाला , भदौ २३

महोत्तरीको सम्सी गाउँपालिका वडा न.२ पर्सा देवा स्थित रहेको श्री राष्ट्रिय मा.वि. का विद्यार्थीहरु  प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलित भएका छन्  । 

वर्षौदेखि गुनासो गर्दै आइरहदा पनि विद्यालयको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन्  ।  हेड मास्टर चाहिदैन ,स्कुल बेच्न पाइदैन ,विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैन ,गुणस्तर शिक्षा दे लेखिएका प्ले कार्ड बोकी नारा लगाउदै १ देखि १० सम्मका छात्रछात्राहरुले प्रदर्शन गरेका हुन् । 

विद्यालयमा कुनै पनि सेवा सुविधा विद्यार्थीलाई प्राप्त नभएको कक्षा ९ मा अध्ययनरत छात्र रोहित गोसाईले गुनासो गरे  ।  उनले भने , "स्कुलमा केही कुराको पनि उचित व्यवस्थापन छैन  ।  खानेपानी ,शौचालय ,कक्षाकोठा ,डेस्क बेन्च ,पोसाक ,खाजा आदि इत्यादी कुनै पनि कुराको विद्यालयले व्यवस्थापन गरेको छैन  ।  कक्षामा शिक्षक पनि पढाउँन आउदैनन ,आएपनि मन लागे पढाउने नलागे नपढाउने गर्छन  । 

विद्यालयका शिक्षकहरु नियमित रुपमा हाजिर नहुने गरेको उनले बताए विद्यार्थीहरु नआएपनि उनीहरुको हाजिरी शिक्षक आफैले मनोमानी ढंगले बनाइदिने गरेको उनले बताए  । 

"हाम्रो स्कुल भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको छ  ।  यस विद्यालयमा पढ्ने अधिकांस छात्रछात्रालाई आफुले बसोबास गर्ने जिल्लाको नाम समेत भन्न सक्दैनन् ,परिचय दिन पनि नसक्ने खालका छन्  ।  स्कुलमा राम्ररि कहिल्यै पढाइ हुदैन  ।  ७ घन्टीमा ३ घन्टी पनि मुस्किलले पढाई हुन्छ  ।  सरहरु आउछन, दिनभरि मोबाइल खेलेर गफ छोडेर बेलुका फर्किन्छन  । उनीहरुलाई पढाई सँग कुनै मतलब हुदैन  । "

पोसाक (ड्रेस ) पनि उपलब्ध नगराइएको र पुस्तकहरु प्रधानाध्यापकले अन्तै बेच्ने गरेको उनले आरोप लगाए  । 

बिगत ५ वर्ष देखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाई नगरेको विद्यार्थीहरु गुनासो गरे साथै माग पुरा नभए सम्म आन्दोलन गर्ने  र पठनपाठन ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन्  । 

यता सम्सी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताए छन्  । 

हाल विद्यालयका प्रधानाध्यापक रामबाबु यादव छन् । 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech