Close This

डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-५-२७ गते   ३७४५ पटक हेरिएको

भदौ २७ गते 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा  डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरिएको छ।  

प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने भएकोले यसको टोकाईबाट बच्नु नै उत्तम उपाय हुने मन्त्रालयले जनाएको छ।
डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा 'खोज र नष्ट गर' अभियानलाई तिब्र बनाइएको भन्दै मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको  जनाएको छ। 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech