गौशलामा टायर बालेर जनमत पार्टीको पर्दर्शन

निरन्जन साह    प्रकाशित: २०७९-६-६ गते   ३५५६ पटक हेरिएको

निरन्जन कुमार साह

गौशाला ,असोज ६ गते 

नागरिकता विधेयक प्रमाणिकरण नभएपछी जनमत पार्टीका कर्याकर्ताहरुले महोत्तरीको गौशाला -५ जिरोमाइल स्थित आज टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दुई दुई पटक पास भएपनी राष्ट्रपति विद्यादेवि भणडारि प्रमाणिाकारण नगरेपछी देशभरी विरोध भएको छ ।

पार्टीको कार्यकर्ताहरुले नगरिकता प्रामाणिकरणा नगर्ने कदम असंवैधानिक कदम भन्दै ‘राष्ट्रपति मुर्दावाद’ भन्दै चर्को नाराबाजि गरेका छन् ।

जनमत पार्टीको गौशला नगरपालिकाको नगर संयोजक जोगिन्दर साहको नितृत्वमा उक्त बिरोध कार्यक्रम भएको थियो । त्यस्तै केन्द्रीय सदस्य जीवन त्यागि लगायत विभिन्न कार्यकर्ताहरुको  उपस्थित रहेको थियो ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech