गौशालामा दशैँ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्राम सम्पन्न 

निरन्जन साह    प्रकाशित: २०७९-६-८ गते   २८२७ पटक हेरिएको

निरन्जन कुमार साह 

गौशाला, असोज ८ गते 

महोत्तरीको गौशालामा  दशैँ दिपावली तथा छठ पर्व को शुभकामाना आदानप्रदान कार्यक्राम सम्पन्न भएको छ ।  जसपा नेपाल महोत्तरी १ न .क्षेत्रीय समन्वय समितिको आयोजनामा वडा दशै ,शुभदिपावली तथा छट पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । 

समितिको  क्षेत्रीय अध्यक्ष तथा नगरपालिकाका नगर प्रमुख  डा.दिपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  जसपा पार्टीको केन्द्रीय सदस्य एवं समाजसेवी नेता लक्ष्मी महतो ,पार्टीको केन्द्रीय सदस्य रमेश कुमार महतोको लगायत नगरपालिकाको कर्मचारी ,विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो  ।

जनसमुदायलाई आउदै गरेको नेपालीहरुको महान चाड दशैँ ,दिपावली तथा छठ पर्वको  शुभकामना दिदै कार्यक्रममा नगर प्रमुख  डा. महतोले स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरि सचेत भएर चाडपर्व मनाउन अपिल गरेका छन् । उनले  जनताको साथ् र सहयोगको लागि सदैव नगरपालिका प्रयासरत रहने बताए । उनले गौशाला नगरपालिकामा विभिन्न कुराको व्यवस्थापन गरि नमुना नगरपालिकामा परिणत गर्ने दावी गरे ।

त्यस्तै जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतोले सधैझैँ गरिआइरहेको आफ्नो समाजसेवालाई निरन्तरता दिने बताए । कुनै पनि समस्या आइपारेमा निर्धक्क भएर आफुलाई सम्झिन उनले जनसमुदायअपिल गरे  ।

त्यसैगरि पार्टीको नगर संयोजक कुमर कान्त झाले आफ्नो संघर्ष र मेहनतले  भर्खर बितेको स्थानिय तहको चुनावमा  नगरपालिकाको नगर प्रमुख र उपप्रमुख लगायत विभिन्न वडाहरुमा ७५ प्रतिशत मत ल्याएर विजय भएको दावी गरे । साथै उनले आउदो मङ्सिर ४ गतेको चुनावमा पनि जसपा पार्टीले राम्रो मत ल्याएर विजय हुने बताए  ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech