गौशालामा कुमारी कन्याहरुको कलश यात्रा ,हजारौंको सहभागिता

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-१० गते   २२३२ पटक हेरिएको

मनिषा कुमारी 

गौशाला , असोज १० गते

आज घटस्थापनाको दिन महोत्तरीको गौशालामा कुमारी कन्याहरुको कलश यात्रामा हजारौंको सहभागिता देखिएको छ ।

गौशाला नगरपालिकामा कुमारी कन्याहरुले कलश बोकी पश्चिममा रहेको मरहा खोलाबाट गौशालाको जिरोमाइल ,निगौल चोक हुदै राम मन्दिरमा अर्पण गरेका छन् ।

दुर्गा मेला समितिको अनुसार बिहानै नजिकै रहेका माण्डवी तटमा पुगी कुमारी कन्याहरु पवित्र जल सहित पूर्ण कलश नव निर्मित दुर्गा मन्दिरको प्रांगणमा राखिएको छ । कलश यात्रामा कुमारी कन्याको सहभागिता पाच हजार भन्दा बढी रहेको थियो गत वर्ष भन्दा यो वर्ष कलश यात्राको सहभागितामा वृद्धि भएको देखिएको छ ।

शान्तिपूर्ण ढंगले कलश यात्रा सम्पन्न भएको र कलश यात्रामा सहाभागी कुमारी कन्याहरुलाई खाजाको प्याकेट दिई बिदाई गरेको छ ।

आज देखि महोत्तरीको प्रख्यात र शक्तिशाली श्रद्धा बोकेको सोनामाई मन्दिरमा १० सम्म भुत मेला लाग्ने गर्दछ ।

 

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech