१४ मंसिर: बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा फोहाेर नउठ्दा एक सातादेखि दुर्गन्ध फैलिदै गएको छ । उपमहानगर वडा नम्बर १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका स्थानीयले फोहोरका गाडी रोकेर अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।
स्थानीयहरूले फोहोर प्रशोधनका लागि मेसिन प्रयोग गर्नुपर्ने, औषधि प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउनुपर्ने र रोजगारीको व्यवस्था हुनुपर्ने मागसहित फोहोर विर्सजनमा अवरोध गर्दै आएका छन् ।फोहोरको कारण दुर्गन्ध फैलिएर टाउको दुख्ने, वाकवाकी आउने, आँखा पोल्ने र बालबालिकालाई समेत असर परेको बजारबासीले गुनासो गरेका छन् ।