सिरहामा सालनालसहितको शिशु भेटियो

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-८-१५ गते   १२१६ पटक हेरिएको

मङ्सिर ,१५: सिरहाको बरियापट्टी गाँउपालिकामा बिहिबार  बिहान सालनालसहित वेवारिसे नवजात शिशु फेला परेको छ । बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोको पारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।
।स्थानीय अधिकलाल यादव खेत गएको वेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।
शिशु छोरा रहेको २ किलो ८ सय ग्राम वजन रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्थानीय सञ्चारकर्मी मुकेश यादवले जानकारी दिए । शिशु जिल्ला अस्पताल सिरहा पठाउने तयारी भई रहेको बताइएको छ।
अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयको अनुमान छ। 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech