मंसिर १५ ममता शर्मा
आज गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गौशाला १२ कानतिबजार मा.बि.मा कार्यक्रम गरिएको छ |
गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतोको संयोजकत्वमा १६ दिने अभियानको आज पहिलो दिन सुरुवात भएको छ | उक्त कार्यक्रममा गौशाला न.पा.को कर्मचारी सामाजिक बिकास शाखाका प्रमुख अस्मिता शर्मा ,गौशाला वडा न. १२ को वडा अध्यक्ष ,प्रहरी प्रशासन ,समाजसेवी लगाएत मा.वि का छात्रछात्राको सहभागिता रहेको थियो |
त्यसैगरी कार्यक्रममा स्थानीय समाज सेवी ,विद्यालयका प्रधानाध्यापक ,संचारकर्मी लगाएतले आफ्ना मन्तव्य तथा विचार व्यक्त गरेका थिए |
त्यस्तै गौशाला न.पा.को उप प्रमुख महतो भन्नु भयो “हिंसा हामीले सहेर बस्नु हुदैन ,यसको जरैदेखि उन्मुलनको लागि आवाज उठाउनु पर्छ |
समाजमा रुढिवादी परम्परा जस्तै बाल विवाह ,छुवाछुत ,दहेज प्रथाको अन्त्य गर्नको लागि शिक्षित रुपले समाजको बिकास हुनु पर्छ भन्दै उहाले आफ्नो बाल बच्चालाई पढाइबाट बन्चित नगर्न स्थानीय हरुलाई आग्रह गर्नुभएको छ |
असल गन्तव्यमा पुग्नको लागि शिक्षाको पहुच हुनु जरुरी रहेको बताउदै उहाले चेतनशील व्यक्तिले अज्ञानीलाई चेतना प्रदान गर्नु नै यसको रुपान्तरण हुने कुरामा जोड दिनु भएको थियो |
उहाले यस्ता जनचेतना मुलक कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गर्नु भएको थियो |