महोत्तरी,मङ्सिर १५
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिकामा आज बिहिबार जनमत पार्टीको केन्द्रीय अधक्ष्य डा. सिके राउत विजय भएको खुसीमा विजय जुलुस मनाएको छ । जनमत पार्टीको नगर संयोजक जोगिन्द्र साहको नेतृत्वमा उक्त विजय जुलुस मनाएको हो ।
भर्खर बितेको मङ्सिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका केन्द्रीय अधक्ष्य डा. राउत सप्तरीको क्षेत्र न. २ बाट ३५,०४२ मतले विजय भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदार उपेन्द्र यादवले १६,९७९ मत मात्र प्राप्त गरेका छन् ।
जनमत पार्टीको विजय जनताको विजय भन्दै आज बिशाल जुलुस सहित खुसियाली मनाइएको छ ।