भारतमा कोरोना संक्रमणबाट तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागानको निधन

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७७-२-२८ गते   १६७३ पटक हेरिएको

 जेठ २८ गते ।

भारतमा कोरोना संक्रमणबाट तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागानको निधन भएको छ ।

चेन्नईस्थित एक अस्पतालमा उपचार गर्दागर्दै बुधबार उनकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

६२ वर्षीय उनी त्यहाँको प्रसिद्ध डा. रेला इन्स्टिच्युट एन्ड मेडिकल सेन्टरमा जुन २ तारखि भर्ना भएका थिए ।

कोभिड-१९  ले गम्भीर रुप लिएपछि भेन्टिलेटर, अक्सिजनलगायत सबै उपाय अपनाउँदा पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

उनी तामिलनाडुको चेपक क्षेत्रबाट डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका थिए ।

 

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech