Close This

गौशाला नगरपालिकाले मनायो नारी दिवस , महिलाहरुको सर्वांगीण विकासमा उपप्रमुख रेणु महतोको जोड

ममता शर्मा    प्रकाशित: २०७९-११-२२ गते   १०९० पटक हेरिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन २२ गते

महोत्तरीको गौशालामा नगरपालिकाले भव्यताका साथ नारी दिवस मनाएको छ । प्रत्येक वर्ष ८ मार्च को दिन मा मनाइने नारी दिवसको आज ११३ औ दिन भएको छ । सो अवसरमा ‘लैंगिक समानताको बलियो , अधिकार सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार’ भन्ने मूल नाराको साथ गौशाला नगरपालिकाले  ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महिला शसक्तिकरण सम्बन्धि विभिन्न सांगीतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व उपप्रमुख आशा लामा ,सामाजिक विकास शाखा प्रमुख अस्मिता शर्मा , गौशाला प्राथमिक स्वास्थ्य चौकीको प्रमुख डा. पुजा यादव लगायत विभिन्न सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका , पालिकाको कर्मचारी तथा जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै उपप्रमुख रेणु महतोले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । उहाँले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिनुभयो । “विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ” उपप्रमुख महतोले भन्नुभयो, “अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन र यो पूर्ण पनि होईन ।” अब बस्ती बस्तीहरुमा सकारात्मक सोचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै उहाँले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पुर्व उपप्रमुख आशा लामाले मानिसको सोच र व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो , “महिला दिवसले विगतका संघर्ष र उपलब्धिको समीक्षा गर्दै आगामी सम्भावनाहरूको खोजी गर्ने अवसर दिएको छ । सबै मिलेर सामाजिक न्याय र समानतासहितको दिगो विकासतर्फ अग्रसर हुन र महिला दिवसका नारालाई व्यवहारमा ढाल्न सार्थक पहल गर्न अवश्यक छ ।” साथै उहाँले वास्तविक पीडित महिलाहरुको सहभागितालाई बढाउन सके अझै सान्दर्भिक हुने विचार व्यक्त गर्नुभयो ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech