Close This

गौशालामा जनमत पार्टीको होली मिलन कार्यक्रम

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-११-२२ गते   १८५५ पटक हेरिएको

मनिषा शर्मा

महोत्तरी , फाल्गुन २२ गते

तराईमा मधेश हर्षोल्लासका साथ मनाइने होली पर्वको अवसरमा सोमबार जनमत पार्टी गौशाला नगर कमिटिले होली मिलन कार्यक्रम गरेको छ।

गौशाला -५ जिरोमाइलको कबर्ड हल स्थित आयोजना गरिएको होली मिलन कार्यक्रममा नगर संयोजक जोगिन्द्र साह , केन्द्रिय महासचिव तथा मधेश प्रदेश सांसद चन्दन सिंह , पार्टीको केन्द्रिय सदस्य विरेन्द्र महतो उर्फ जीवन त्यागी ,लगायत पार्टीको विभिन्न वडाका सभापति ,नेता तथा कार्यकर्ता तथा जनसमुदायको सहभागिता रहेको थियो । 

कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताले एक अर्का लाइ रंग लगाएर शुभकामना आदान प्रदान गरेका छन् ।  साथै विभिन्न वक्ताहरुले होलीको आगमन संगै पार्टीमा भएको रिसराग , पिर चिन्ता बिर्सेर अब देखि अपनत्वको भावना सिर्जना गरि मेलमिलाप कायम गरिने जनाए । 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech