पवन प्रसाद साह
चैत ३० गते , वीरगंज
सनातन संस्कृति समाज नेपाल वीरगंज,पर्साद्वारा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महानगरपालिका वार्ड नं १२ स्थित रानिघाटमा भएको कार्यक्रममा पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्ष २०८० साललाई स्वागत गर्दै शुभकामना आदानप्रदानमा पत्रकार तथा व्यवसायीहरुलाइ पनि सम्मानित गरिएको छ। नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसिया तथा कार्यक्रमका संयोजक राजेश गुप्ताले संयुक्त रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा फुलमाला अबिर लगाई कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अतिथि चौरसियाले २०७९ साल जसरी बित्यो त्यसलाइ बिदाई गर्दै नयाँ वर्ष २०८० साल भोलि देखी प्रारम्भ हुने दिन सबैजनाको सुखमय बितोस भन्दै शुभकामना व्यक्त गरेका थिए।
त्यस्तै शुभकामना कै क्रममा कार्यक्रमका सभापति राजेश गुप्ताले पुरानो वर्षलाइ बिदाई गर्दै नयाँ वर्षलाइ स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। त्यस्तै शुभकामना आदानप्रदान कै क्रममा विशिष्ट अतिथि सनातन सांस्कृतिक समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सह महामन्त्री अजय पौडेल, नेपाल राष्ट्रवादी समुहका अध्यक्ष विरेन्द्र थापाले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।
शुभकामना आदानप्रदान कै क्रममा पर्साका पत्रकार तथा व्यवसायीहरुलाइ सम्मान पत्र वितरण गरिएको थिए। सम्मान पत्र पाउनेमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, रौतहट एक्स्प्रेसका संवादाता पवन प्रसाद साह, प्रहार डेलीका संचालक राहुल गुप्ता, राजधानी दैनिकका तुलसि भण्डारी, न्युज आजतक दैनिकका किरण सत्याल, मोर्चा सप्ताहिकका सम्पादक संकर खतिवडा,दर्पण सप्ताहिकका सम्पादक कल्याण बहादुर हाडा, नारायणी धारा साप्ताहिकका सम्पादक शेषमन पंडित, रेडियो समग्र मधेसका संवादाता चन्द्रशेखर कुमार प्रजापति,जनसृष् दैनिकका कार्यकारी सम्पादक युवराज खड्का,श्री गोविन्द ट्रेडर्सका नरेस कुमार साह,श्री वर्मा हार्डवेयरका धिरज सिंह, श्री तुलसी ट्रेडर्स सप्लायर्सका रामबाबु साह,निर्मल कम्प्युटर सप्लायर्सका संतोस कुमार कलवार,नेपाल राष्ट्रवादी समुहका अध्यक्ष बिरेन्द्र थापालाइ सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाले दोसाला ओढाइ सम्मान पत्र वितरण गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए।
नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सनातन संस्कृति समाज नेपाल का केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाको प्रमुख अतिथि तथा कार्यक्रम संयोजक राजेश गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सहमहामन्त्री अजय पौडेल, जिल्ला सदस्य दिपनारायण यादव,उदित सहनी,लगायत पत्रकार तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सम्भु घिमिरेले गरेका थिए।