चितवन मेडिकल कलेजका विद्यार्थीहरुद्वारा गौशालामा स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धि कार्यक्रम

निरन्जन साह    प्रकाशित: २०८०-१-२१ गते   १८१० पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरी , वैशाख २१ गते

महोत्तरीको गौशालामा चितवन मेडिकल कलेज ( सिएमसी) का विद्यार्थीहरुद्वारा स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकामा गत वर्ष चैत्र १० गतेदेखि वैशाख २१ गते सम्म सिएमसी कलेजका मेडिकल तर्फका विद्यार्थीहरुले स्वास्थ्य सेवा व्यवस्थापन कसरि गर्ने सम्बन्धि परियोजना अन्तर्गत ४२ दिनसम्म अनुगमन गरेका छन् । जसको आज अन्तिम दिनमा निष्कर्ष सहित गौशाला नगरपालिका कार्यपालिकाको कार्यालयको हलमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरुले गौशाला नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको अवस्था , समस्याहरु , कमजोरीहरु र सुधारका निम्ति आवश्यक पर्ने प्रयासहरु सम्बन्धि प्रतिवेदन तयार गरि प्रस्तुत गरेका थिए ।

गौशाला नगरपालिकाका कर्मचारीहरुको सुस्वास्थ्यको लागि समय समयमा सुपरिवेक्षण र मनिटरिंगको आवश्यकता ,स्वास्थ्य क्षेत्रमा मेडिसिन , उपचारका निम्ति आधुनिक उपकरण लगायत खरिदका लागि बजेटमा वृद्धिको आवश्यकता , स्वास्थ्य संस्था नजिक रहेका फोहोरहरुको व्यवस्थापनको आवश्यकता रहेको परिवेक्षणबाट विद्यार्थीहरुले औल्याएका छन् ।

साथै गौशाला नगरपालिकामा आमा समुह तथा महिला समुह परिचालन गरि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेमा स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने जनाइएको छ ।

कार्यक्रममा  डा. प्रतिक चौधरी , गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतो , एसोसिएट प्रोफेसर टेक नारायण पौडेल , नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज कुमार सिंह , गौशाला बहुमुखी क्याम्पसका प्रधानाध्यापक दुर्गा प्रसाद सिंह , भरत सिंह ,वडा न.५ को वडा अध्यक्ष ओम प्रकाश गुप्त , लगायत सिएमसी कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech