गुरुको चित्तामा चेलाले गरे आत्मदाह 

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-१-२९ गते   २९३५ पटक हेरिएको

बैशाख २९ गते 

मधेश प्रदेशस्थित एक गुरु–शिष्यको प्रेम र लगाव ज्यान दिनेसम्म हुन सक्छ भन्ने पत्यार नलाग्ला तर, घटना सत्य हो ।
सिरहा जिल्लास्थित गुरुलाई जलाउँदै गर्दा चेलाले चित्तामा हामफालेर ज्यान दिएका छन् । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ३ डरगम्मा स्थित एक बाबालाई अन्तिम सँस्कार गरिरहँदा उनको चेलाले चित्तामा हामफालेर प्राण त्यागेका छन् । 


गत मँगलबार विष्णुजी बाबा भनेर चिनिएका महाराजीको निधनपछि उनलाई अन्तिम सँस्कार गर्न लगिएको थियो । १ सय २२ बर्षमा निधन भएका बिष्णुजी महाराजको अन्तिम सँस्कार गरिरहँदा उनको चेला भनिएको सोही स्थानका एक युवकले चित्तामा हामफालेर  ज्यान दिएका छन् । 
बरियारपट्टिको डरगम्मास्थित रहेको एक कुटिमा बस्दै आएका शुद्ध सनातनी बाबा मानिएका विष्णुजी महाराजको चहेता चेला थिए । उनको नाम थाहा नभएपनि उनी भारतको रहेको स्थानीयहरुले जनाएका छन् । बाबासँगै कुटिमा बस्दै आएका उनका चेला उनको निधनपछि टुटिसकेका थिए । अन्तिम सँस्कार गर्दैगर्दा उनी चित्तामा हामफालेर देह त्याग गरेको स्थानीयहरुले जनाएका छन् । 
स्थानीयहरुका अनुसार, बाबा विष्णुजी महाराज एक त्यागी र शुद्ध सन्यासी बाबा थिए । साधुसन्तको शुद्ध परिभाषा बोकेका बाबा विष्णुजी महाराज एक चमत्कारीक गुण भएका मानव थिए । त्यसैले १ सय २२ बर्षसम्म जिउँदै रहेका थिए । 
गुरुप्रति एक चेलाको लगाव महाभारतमा एकलव्यले आफ्नो गुरुको लागि औँला काटेको कथा छ भने कलियुगमा एक चेलाले आफ्नो गुरुको लागि  प्राण दिएको ईतिहास कायम भएको छ । 
चित्तामा हामफाले लगत्तै उनको ज्यान गएको मलामी प्रत्यदर्शीहरुले जनाएका छन् । उनलाई चित्ताबाट झिक्न खोज्दा मृत्यू भईसकेको थियो । मलामीहरुले उनलाई पनि सोही चित्तामा अन्तिम सँस्कार गरिदिएको हो । 

 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech