ममता शर्मा
गौशाला , जेठ ३ गते
महोत्तरीको गौशालामा एकैदिन ६ जना बालबालिका बेपत्ता भएका छन् । सोमबार अपरान्ह २ बजेदेखि जिल्लाको गौशाला नगरपालिका वडा न.४ रजखोर स्थित मल्हनिया पोखरी टोलबाट दलित समुदायका ६ जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा सोगारथ सदाकी १५ वर्षीय छोरी पुजा सदा , अशोक सदाकी १३ वर्षीय छोरी बिमला सदा , सुकेसर सदाकी १८ वर्षीय छोरी संगीता सदा , रामपुकार सदाका १८ वर्षीय छोरा करण सदा , सोगारथ सदाका १३ वर्षीय छोरा राजेश सदा र परमेश्वर सदाकी १६ वर्षीय छोरी रिता सदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख दिलिप गिरिले जानकारी दिए ।
बेपत्ता भएका बालबालिकाहरुको तिब्र रुपमा खोजतलाश भईरहेको उनले बताए ।