मनिशा शर्मा ।
जेठ ८ गते ।
महोत्तरीको गौशाला नगरपालिका वडा न.९ भरतपुरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. द्वारा विमा क्षितिपूर्ति रकम वितरण गरिएको छ ।
गौशाला नगरपालिका वडा न. ९ भरतपुर निवासी रामसिस यादवको श्रीमती धरम शिला देवीले २०६७ साल देखि उक्त लघुवित्तमा कारोवार गर्दै आइरहेकि थिइन् । उनको २०७९ मङ्सिर १० गते निधन भएपछी संस्थाले सोमबार विमा बापतको रकम चेक मार्फत ८ लाख ९६ हजार ५४० रुपैया हस्तान्तरण गरेका हो ।
मधेश प्रदेशको उधोग पर्यटन तथा वन राज्य मन्त्रि रहबर अन्सारीद्वारा मृतकको श्रीमान रामअशिस यादवलाई चेक हस्तान्तरण गरिएको छ । साथै मधेस प्रदेशको माननीय मो. रजी हैदर, स्वकीय सचिव इजराइल अन्सारी , निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. गौशाला महोत्तरी शाखाको प्रमुख हस्मुदीन मिया र समाज सेवी दिपेन्द्र यादव लगायत लघुवित्त संस्थाका सदस्यहरुका उपस्थिति कार्यक्रममा रहको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. गौशाला महोत्तरी शाखाको प्रमुख हस्मुदीन मियाले स्वागत मन्तव्य दिदै यो लघुवित्तले यहाँ सदस्यता पाएका जो कोहीलाई पनि समस्या परेको बेलामा सहयोग गरेको गर्दै आइरहेको बताए । उनले पाठेघरको अप्रेशन गराउदा १०००० सहयोग गर्ने गरेको , सुत्केरी महिलालाई आफ्नो बच्चालाइ स्याहार गर्नको लागि २००० दिने गरेको र अन्य सेवा सुविधा पनि रहेको बताएका छन् ।