बलिउड अभिनेता सुशान्त गरे आत्महत्या

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७७-३-१ गते   २९४१ पटक हेरिएको

मुम्बई

मुम्बईमा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको सोमबार अन्तिम संस्कार गरिएकाे छ ।

उनको अन्तिम शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । कोरोनाको जोखिम र लकडाउनको कारण शव यात्रामा धेरै मानिस भेला हुन भने पाएनन् । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपूतले आइतबार आत्महत्या गरेका थिए । तर प्रहरीले भने अहिलेसम्म उनको कुनै सुसाइड नोट फेला नपारेको जनाएको छ ।

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो बलियो उपस्थिति बनाएका थिए । ‘काय पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका उनले चलचित्र ‘एमएस धोनी : अनटोल्ड स्टोरी’, ‘छिचोरे’, ‘पीके’ लगायतमा अभिनय गरेका थिए ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech