Close This

बाघको छालासहित ४ जना पक्राउ

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७७-६-१८ गते   ९४९४ पटक हेरिएको

असोज १८ 

प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन् । धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको  र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको  महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech