फाल्गुन ४ ,गौशाला
बसन्त पंचमीको अवसरमा आज महोत्तरीको गौशाला नगरपालिका सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विद्याको देवी सरस्वति मातालाइ मानी फाल्गुन बसन्त पंचामिको दिन बिशेष गरि विद्यालयका विद्यार्थी ,शिक्षक लगायत सम्पूर्ण परिवार पुजापाठ गरि विद्या माग्ने गर्दछन । प्रत्येक वर्षमा एक पटक विद्या धारणि तथा ज्ञानको देवी सरस्वति मातालाइ पुजापाठ गरि भोलिपल्ट जलमा भसान गर्ने गर्दछन यस दिन विद्यालयहरुमा सम्पूर्ण जनाले मनोरंजनको साथ् साथै प्रसादी तथा विभिन्न पक्वान्नहरु खाने गर्दछन ।
त्यस्तै अहिलेको परिपेक्षमा सरस्वति पुजाले व्यापारीकरणमा पनि निकै प्रभाव पारेको पाइन्छ । युवा युवति तथा केटा केटिहरुको नयाँ फेसनले व्यापारको उन्नति प्रगतिमा टेवा समेत पुर्याएको स्थानीय एक कपडा पसलका व्यापारी बताउछन ।
त्यसैगरी यसै सम्बन्धि सरस्वति ज्ञानोदय इन्ग्लिश बोर्डिंग स्कुलका एक छात्रा आफ्ना प्रतिक्रिया दिदै भन्छन, "सरस्वति पूजाले मानिहरुमा भगवान प्रतिको आस्था बढाएको छ । यसबाट विद्या सम्बन्धि उत्साह तथा प्रेरणा समेत प्राप्त हुन्छ त्यति मात्र नभएर यसले घर घर तथा विभिन्न विद्यालयमा उमङ्ग ,उत्साह तथा खुसियाली कायम हुन्छ । जसले गर्दा आपसी मेल मिलाप सद्भाव र अपनत्वको भावना कायम हुन्छ" ।