फाल्गुन २७ ,सोनमा
२ न.प्रदेशको महोत्तरी जिल्लाको सोनमा गाउपालिका -६ मगरथाना स्थित रहेको मंगलनाथ मन्दिरमा आज महाशिवरात्रीको रौनक छाएको छ र हिन्दु धर्मालम्बीहरुको भिड बढेको छ । परम्परागत धार्मिक आस्था बोकेको उक्त मन्दिरमा आजको दिन भव्य मेला लाग्ने गर्दछ । आज बिशेष गरि रोगीहरु रोगबाट मुक्त हुनको लागि सो मन्दिरमा जल ,फुल र प्रसाद चढाउने गर्दछन ।

त्यसैगरी मानिसहरुले आफ्नो सन्तानलाइ रोग ,कष्ट बाट बचाउन त्यहा भ्यान्टा तथा फर्सीको भाकल राखी चढाउने गर्दछन ।
त्यस्तै मंगलनाथ मन्दिरमा लागेको मेलाले त्यहाका स्थानीय व्यापारीहरु पनि लाभान्वित भएका छन् । व्यापारको गतिबिधि बढेकोले आम्दानि हुन् मद्दत पुग्ने भएको मगरथाना निवासी पत्रकार धर्मेन्द्र यादवले बताउनु भएको छ ।