रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नु जरुरि : चिकित्सक

5 वर्ष पहिले प्रकाशित

(2078-03-01 B.S.)

4788 पटक देखिएको

असार १ , पर्सा 

पवन प्रसाद साह 

पर्साको बिरगंज स्थित कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया निःशुल्क वितरण गरिएको छ ।

समाजसेवि मनोज राउत,धिरज गुप्ता,बाबुनन्द पटेल,कृष्णा पटेल,जल्सोदिन शेख,दीपेन्द्र कुमार राउत, र पतंजली योग समिति लमही नगरप्रमुख भेषराज भट्टराईले कोरोना संक्रमित बिरामीको घरमै पुगि उक्त गुर्जो सहितको धुलो औषधी एवं चिया (काँढा) प्रयोग बिधि सहित निसुल्क बितरण गरेका हुन् ।

आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमल बहादुर राजलवटले शक्तिबदक औषधी निःशुल्क वितरणको व्यवस्था मिलाएका हुन् । आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा. रामआधार यादव लगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडिबुटीबाट यो औषधी तयार पारिएको हो ।

कार्यालय प्रमुख राजलवटले २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिए देखि नै गुर्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आएका छन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ । यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् ।

उक्त रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी औषधि हाल सम्म पर्सा जिल्ला भित्रका विभिन्न स्थानमा होम आइसुलेसनमा बसेका कोरोना संक्रमीतहरुलाइ घरमै पुगि हस्तान्तरण गर्दै आएको मनोज राउतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले