जेसिस सप्ताहको दोश्रो दिन आज सिनेटरी पयाड वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-05-08 B.S.)

2729 पटक देखिएको

भदौ ८, बारा

उपेन्द्र पासवान

कलैयामा शुरु भएको जेसिस सप्ताहको दोश्रो दिन सिनेटरी प्याड वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको  छ। कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतामा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् वर्ष २०२१ अध्यक्ष सल्लाहकार जेसी धानीलाल साह सोनारले विशिष्ट अतिथि पन्नादेवी माध्यिमक विधालयका प्रअ मोतिलाल यादवलाइ सेनेटरी प्याडको कार्टुन दिइ कार्यक्रम उदघाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रमका संयोजक जेसी सन्दिप साहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन जेसी सावित्री शर्माले गरेका  थिए । जेसिस सप्ताहको सात दिन सात कार्यक्रमहरु जेसिज सप्ताह-२०२१ को पहिलो दिन कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता र कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक जेसी टंकेश महतो कोइरीको संयोजकत्वमा कलैया अस्पतालमा कार्यक्रम शुभारम्भ तथा फलफुल वितरण भएको थियो ।

जेसिस सप्ताहको दोश्रो दिन कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतामा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् वर्ष २०२१ अध्यक्ष सल्लाहकार जेसी धानीलाल साह सोनारले विशिष्ट अतिथि पन्नादेवी माध्यिमक विधालयका प्रअ मोतिलाल यादवलाइ सेनेटरी प्याडको कार्टुन दिइ कार्यक्रम उदघाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी सन्दिप साहको संयोजकत्वमा पन्नादेवी माध्यमिक विधालयमा सेनेटरी प्याड वितरण तथा सचेतना कार्यक्रम भएको हो ।

जेसिस सप्ताहको तेश्रो दिन कार्यक्रम संयोजक जेसी साबित्री शर्माको संयोजकत्वमा ने.रा.मा.वि. मदर्सामा लागु औषध तथा लैङ्गिक हिंसा सचेतना कार्यक्रम हुने जनाइएको छ । जेसिस सप्ताहको चौथो दिन कार्यक्रम संयोजक जेसी श्याम केशरीको संयोजकत्वमा सिम्बायोसिस+२ क्याम्पसमा Introduction of Jaycees & Motivational Program हुने जनाइएको छ ।

जेसिस सप्ताहको पाँचौ दिन कार्यक्रम संयोजक जेसी बिजय गिरीको संयोजकत्वमा ट्राफिक सचेतना मास्क तथा ज्याकेट वितरण कार्यक्रम हुनेछ  । जेसिस सप्ताहको छैठो दिन कार्यक्रम संयोजक जेसी सुभाष जैसवालको संयोजकत्वमा फेटा गाउँपालिकाको त्रिवेणीमा समापन तथा वनभोन कार्यक्रम हुने भनी कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहा बताएका छन् ।

जेसीज सप्ताहको आज दोश्रो दिनको कार्यक्रममा कलैया सिटी जेसिजका जेसी अनील कुशवाहा, जेसी सन्दीप बरै, श्याम केशरी, नेजमुदिन अंसारी, संजय कुशवाहा, विजय कुशवाहा, बैंजु दास, लगायत को उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले