नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन हुने मिति तोकियो , कहिले हुन्छ ?
भदौ १५
उपेन्द्र पासवान
नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मिति २०७८ भाद्र १४ गते सोमबार काठमाडौँमा सम्पन्न भएको छ ।
बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८-२९ गते काठमाडौँ उपत्यकामा सम्पन्न गर्ने निर्णय गरेको छ।
बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोभिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ।
त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले बताउनु भयो। पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा श-शरीर वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिनु भयो।

बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसंग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले सशक्त सहभागी हुने उल्लेख गर्नुभयो।
पूर्व मन्त्रि समेत रहेका ढकालले नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्विकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसंग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनुभयो।
नेता ढकालले देशका ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गर्नुभयो। ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुधारू र जिम्मेवार नयाँ शक्ति निर्माण गर्नुपर्ने धारणा राख्नु भयो।
बैठकले केन्द्रिय सदस्यमा श्रीमती बिष्णु कुमारी बिश्वकर्मा (कैलाली), श्री पूर्ण प्रसाद कोइराला (दैलेख), श्री केशव श्रेष्ठ (काठमाडौँ), श्री टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), श्री शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ। त्यसै गरि पिस फोर्सको केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्मेवारी दिईएको छ।
बैठकमा बोल्दै महामन्त्री बिनोद डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताउनुभयो।
बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्त बहादुर पन्त, राजेश कुमार बिष्ट, प्रकाश बाबु थापा, नबिन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेश कुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, बिजय राज कट्टेल, शिवकृष्ण श्रेष्ठ लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो।
केन्द्रिय सल्लाहाकारहरु केशब चौलागाईं, प्राध्यापक नारायण शर्मा गजुरेल, पूर्व एआईजी प्रकाश कुँबर, पूर्व एसएसपी सुरेश कुमार केसी लगाएतले परिवार दलको भविष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्बित हुने कार्यक्रम लयाउन दललाई सुझाब दिनु भएको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments