मतदाता सुचिमा नाम दर्ता गराउनेको भिड,जनशक्ति अभाव
रञ्जन भण्डारी
महोत्तरी,७ असोज
महोत्तरीमा मतदाता सुचिमा नाम अद्यावधिक गराउने सेवाग्राहीको भिड ह्वात्तै वढेपनि कार्यालयमा जनशक्ति अभाव देखिएको छ । नियमित समयमा एकजना र भिड अत्याधिक भएपछि दुईजना कम्प्युटर अपरेटरले सेवा दिने गरेपछि भिड अत्याधिक देखिएको हो ।
जिल्ला भरि ईलाका प्रशासन कार्यालय गौशाला,बर्दिवास र जिल्ला निर्वाचन कार्यालय जलेश्वर गरि तिन स्थानबाट मात्र मतदानाहरुको नामावलि संकलन हुने गरेपछि भिड नियन्त्रण गर्न समस्या देखिएको हो । सदरमुकाम स्थित जिल्ला निर्वाचन कार्यालय महोत्तरी परिसर देखि वाहिर मुख्य सडकसम्म घन्टौ लाईनमा वसेर सेवालिनु परिरहेको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रांगनमा साविक देखि नै मतदाताहरुको नाम दर्ता संकलन हुदै आएकोमा जिल्ला प्रसासन कार्यालयमै समेत राष्ट्रिय परिचयपत्र,नागरिकता,राहदानी र मधेशी तथा अन्य विभिन्न कागजात प्रमाणित गराउनेहरुको भिड अत्याधिक बढेपछि हालै जिल्ला प्रशासन कार्यालयमा सारिएको मतदाताहरुको नाम अद्यावधिक कार्य जिल्ला निर्वाचन कार्यालय मै गर्न थालिएको हो ।
स्थानिय तहहरुमा मतदाता सुचिमा विभिन्न जनप्रतिनिधीहरु र राजनितिक व्यक्तित्वहरुले समेत नाम दर्ता गराई मतदाता बन्न जानकारी गराउन थालेपछि गाउँघरमा जनचेतना फैलिन थालेको र आफ्नो मताधिकार बुझ्दै मतदान गर्न योग्य व्यक्तिहरुले मतदाता नामाबलिमा नाम दर्ता गराउन कार्यालय आउन थालेको जनप्रतिनिधीहरुको भनाई छ ।
तर कार्यालयमा आउदा घन्टौ घाममा उभिनु पर्ने सेवाग्राहीको गुनासो छ । विहानै आएर लाम लाग्नु पर्ने तर काम सुस्त हुने गर्दा सास्ती भोग्नु परेको सेवाग्राही मनोज मण्डलले बताए । उनले तत्काल जनशक्ति थप्न आग्रह गरे ।
यता जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख दिवाकर भुजेलले जनशक्ति थप्न नमिल्ने बताए । उनले निर्वाचन केन्द्रिय कार्यालयबाट नै प्रत्येक अद्यावधिक केन्द्रमा एकजनामात्र कम्प्युटर अपरेटरको व्यवस्था गरिएकोमा तत्कालै संख्या थप्न नमिल्ने बताए । उनले कोरोनाकै कारण र अन्य विभिन्न कारणले नाम दर्ता गराउन छुटेकाहरुको भिड देखिएको र अवको केहि दिनमै भिड नियमित हुने बताए । केहि धेरै पहिले नै नागरिकता लिएर पनि मतदाता नामाबलिमा नाम दर्ता नगराएकाहरुको भिड उनले मतदाता नामावलीमा नाम दर्ता बन्द हुने हल्लाले समेत भिड बढाएको भन्दै तत्काल नामावली संकलन नरोकिने बताए ।
जिल्ला निर्वाचन कार्यालयबाट सुचना जारी गर्दै अनावश्यक भिडभाड नगर्न र थोरै संख्यामा आएर सेवा लिन आग्रह गरेको छ ।सरदर जिल्ला भरि दैनिक तिनसय पचास जति सेवाग्राहीको नाम मतदाता सुचिमा दर्ता भैरहेकोमा भिड भने दर्ता हुनेको भन्दा तिन देखि चार गुण वढी हुने गरेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले समेत निर्वाचन कार्यालय मात्र नभई जिल्ला प्रसासन कार्यालय,मालपोत कार्यालय लगायतका विभिन्न कार्यालयमा सेवाग्राहीको चाप वढेको बताए । उनले कर्मचारी अझै कम भएकोमा यस्तो समस्या आएको थपे । उनले भिडभाड व्यवस्थापनको प्रयास भने भैरहेको बताए । अहिले राष्ट्रिय परिचय पत्र देखि मालपोतको कामसम्ममा भिड अत्यधिक रहेकोमा लामो समय देखि थाती रहेको कामहरु दशै अगावै मानिसहरुले सकाउन खोजेकोमा भिड अत्यधिक देखिएको उनको भनाई छ ।
जिल्लाको हरेक स्थानिय तहमा मतदाता नामावली संकलन कार्यलाई विस्तार गर्न नसके अझै भिडभाड वढ्ने सम्भावना वढेको छ । महोत्तरीमा गत भाद्र मसान्तसम्म पुरुष मतदाता एकलाख छयासी हजार १४० र महिला मतदाताको संख्या एकलाख सन्ताउन्न हजार ३८३ तथा एक तेस्रो लिंगी गरि कुल तिन लाख त्रिचालिस लाख ५२५ रहेको छ । वि.सं. २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा एकलाख त्रिसठी हजार ४७७ पुरुष मतदाता,एकलाख चौवालिस हजार ९३१ महिला मतदाता र एक तेस्रो लिंगि गरि कुल तिन लाख आठ हजार ४०९ मतदाता थिए ।
सोहि निर्वाचन पछि हालसम्म पैतिस हजार ११६ मतदाता भाद्र मसान्तसम्म थप भएका छन ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments