तिन वर्ष पुग्दा समेत बनेन जलेश्वर बर्दिवास सडक

5 वर्ष पहिले प्रकाशित

(2078-06-08 B.S.)

3201 पटक देखिएको

ममता शर्मा
महोत्तरी ,८ असोज ।

गौशाला नगरपालिका वडा नं. ५ निवासी रन्जन कुमार साह प्राय आफ्नो  कामको लागि महोत्तरीका विभिन्न सडकमा यात्रा गर्नु पर्ने हुन्छ । तर यात्राकै क्रममा अन्य सडक भन्दा वढी सास्ती उनले जलेश्वर बर्दिवास सडकमा पाउने गरेका छन् ।

जिल्लामा अन्य सडकहरु अधिकांश निर्माण सम्पन्न भैसक्दा उक्त सडकहरुमा यात्रा पहिले भन्दा निक्कै सुविधा जनक भएपनि जलेश्वर वर्दिवास सडकमा यात्रा गर्नुको पिडाले सबै सडकको सुखदायी यात्रालाई भुलाउने गरेको साह बताउछन ।

उनी तिन वर्ष देखि सडक बन्दै गरेको देख्दैआएका छन तर सडक भने पहिले भन्दा समेत जर्जर अवस्थामा पुगेको प्रती उहाले रोष व्यक्त गरे । उनले निर्माण कम्पनीहरुमाथी सरोकारवाला निकायहरुले कडाइ नगरेकोले जनताले अझै जर्जर सडकमा यात्रा गर्नु बाध्य हुनु परेको बताए ।
जलेश्वर बर्दिवास सडक तिन वर्ष पुग्नै लाग्दा अझै पुणर् हुन सकेको छैन । सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन २०१८ सालको डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिएपनि कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा हालसम्म करिव २२ प्रतिशत काम मात्र गर्न सकेको छ ।

कोरोनाको संक्रमण र अन्य विभिन्न कारण देखाउदै निर्माण कम्पनीले काममा ढिलाई हुन गएको बताईरहदा उक्त सडक प्रयोग गर्ने स्थानियहरु र यात्रीहरु भने सास्ती   भोग्न   बाध्य छन । 
वर्षायाममा हिलो र गर्मीयाममा धुलोले स्थानियहरु रोगी समेत हुन थाल्दा समेत सडक निर्माणमा सम्बन्धित सरोकारबाला निकायहरुको भने ध्यानाकर्षण हुन सकेको छैन । 
यता समयमै काम सम्पन्न गर्न आतुर नदेखिएको निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ । 
आयोजनाले पर्याप्त कारणहरु देखिएपछि सडक निर्माणको म्याद थपिएको बताएको छ ।
शिवालय दिवा जेभीले जलेश्वर बर्दिवास सडक खण्डमात्र नभई जलेश्वर नगरक्षेत्र भित्रको १५.६१ किलोमिटर,सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरि कुल ८७.६१ किलोमिटर सडक दुई अर्व आठ करोड भ्याट वाहेकको रकममा निर्माणको जिम्मा दिएकोमा कम्पनीले करिव २९ प्रतिशत(५८ करोड रकम भुक्तानी पाइसकेको उक्त सडकको कन्सल्टेन्ट कम्पनी सिम्याट सिल्ट भिडिए कन्सल्टेन्ट का रेजिडेन्ट ईन्जिनियर नारायण प्रसाद ढकालले बताए  । 
उनले सडक निर्माण समयमा गर्न निर्माण कम्पनीलाई वारम्वार पत्राचार गर्ने गरेको समेत बताए ।
विगत केहि महिना देखि पुणर् रुपमा सडकको काम बन्द रहेकोमा दशै आउनै लाग्दा निर्माण कम्पनीले भने सम्बन्धित निकायबाट थप रकम हातपार्न एकाध कामदार सडकमा भने खटाएका छन । 
काम गर्दै गरेको आभाष हुने तर काम सम्पन्न नहुने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रुपमा उपभोग गर्न सक्ने गम्भिर प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले