परम्परागत चलिआएको भष्ट्रचार हटाउन गाह्रो : मालपोत प्रमुख गोपाल प्रसाद बराल

5 वर्ष पहिले प्रकाशित

(2078-06-10 B.S.)

2621 पटक देखिएको

असोज १० 

बाराको कलैया स्थित मालपोत तथा भुमि सुधार कार्यलयमा हरेक फाँटमा रु १०० देखि रु ५०० सम्मको नेपालीनोट नदिए कुनै फाईल अगाडि नबढ्ने गरेको गुनासो पहिला देखि नै चलिआएको छ।

मालपोत तथा भुमि सुधार कार्यालयमा  जग्गा रोका , जग्गाको कित्ताकाट , जग्गा फुकुवा , जग्गा नामसारी , जग्गा दा. खा. , मठ भिडाउने श्रेस्ता नकल पुर्जा जस्ता कामहरू हुने गरेको पाईन्छ।

जग्गा सम्बन्धित काम गराउन मालपोत तथा भुमि सुधार कार्यलयमा जाँदा हरेक फाँटमा तथा हरेक झ्यालमा बिना पैसाको काम नहुने गरेको गुनासो दिन प्रतिदिन बढ्दै गएको छ। मालपोत तथा भुमि सुधार कार्यालयमा तोक दर्ता फाट ३ वाटा मोठ फाट १ वाटा मुद्दा फाट २ वाटा रजिस्ट्रेसन फाट २ वाटा सोधपुछ फाट १ वाटा तामेली फाट रहेको छ ।

स्थाई कर्मचारी तथा करारमा भर्ना भएका कर्मचारीहरु आर. के., डि. आर. , डि. एच. ,एन. एम. ,तथा ईन्ट्री समेत गर्नमा पनि बिना १०० देखी ५०० पैसा नलि काम नगर्ने गरेको जानकारी प्राप्त भएको छ। मालपोत तथा भुमि सुधार कार्यालयमा सम्पुर्ण कागज पत्र ठिक दुरुस्त भए पनि पैसा नदिए ति कर्मचारीहरु विभिन्न बहाना बनाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने शनि जैयस्वालले गुनासो पोखेका छन।

साथै जो सेवाग्राही तथा लेखापढी व्यवसायीहरु पैसा फाईलमा राखि दिएमा काम चाडै नै गरीदिने गरेको आरोप समेत लगाएका छन। कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राही लुट्ने गरेको छ बताए । मालपोत तथा भुमि सुधार कार्यालय कलैया बाराको प्रमुख गोपाल प्रसाद बरालसँग प्रतिक्रिया लिंदा यो पैसा लिने काम परम्परागत रूपमा नै चलिआईरहेको हो।

यसलाई भन्ने बितिकै हटाउन सकिदैन। सेवाग्राहीहरु मालपोतमा नआएको मात्र लेखापढी व्यवसायीहरु नै आउने गरेकोले यस्तो किसिमको आरोप लगाईएको हो। मालपोत कार्यालयको सेवाग्राही भनेको त्यहिँ लेखापढी व्यवसायीहरु हुन। कुनै कर्मचारी लेखापढी व्यवसायीसँग मिलाउन सके गुनासो नआउने तर मिलाउन नसके मात्र गुनासो आउने गरेको देखिन्छ भनि वरालले बताएका छन।

एउटा लेखापढी व्यवसायीहरु १० / १० जना कर्मचारी राखी जनतालाई लुट्ने गरेका छन। एउटा फर्मले कसरी कसरी त्यति कर्मचारी राखेका होलान भनि जिज्ञाशा समेत गरेका छन। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका अध्यक्ष बृजकिशोर यादव ( भगतजी ) सँग प्रतिक्रिया लिंदा हाम्रो रोहबरमा कुनै कर्मचारीले पैसा माँग्ने नगरेको साथै मालपोत कार्यालयमा गुनासो सुन्ने डेक्स राख्न गईरहेको जानकारी गराएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले