देवताल गापा अध्यक्षद्वारा पसाहा खोलाको झोलुङ्गे पुल उद्घाटन
उपेन्द्र पासवान
असोज १५ गते
बाराको कलैया उपमहानगरपालिका वडा नं १४ भौरा टोल र देवताल गाउँपालिका वडा नं ६ जब्का जोड्ने पसाहा खोलामा निर्माण भएको झोलुङ्गे पुल देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहद्वारा विधिवत रूपमा शुक्रबार उदघाटन गरीएको छ।
तत्कालिन जिल्ला बिकास समिति बारा र देवताल गाउँपालिकाको रु ५१ लाखको लागतमा ट्रेल बृज सपोर्ट युनिट तथा गाउँपालिकाको सँयुक्त लगानिमा झोलुङ्गे पुल निर्माण भएको देवताल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी गराएका छन् । आर्थिक बर्ष २०६८/०६९ मा शिलान्यास गरिएको भएता पनी टेन्डर लिएका तत्कालिन ठेकेदारको टाट पल्टेको कारण र आवश्यक सामग्री आपूर्ति नहुँदा झोलुङ्गे पुल निर्माणमा ढिलाई भएको गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख ओकिल मियाले जानकारी दिएका छन् ।

देवताल गाउँपालिकाको बजेटबाट निर्माण भएको झोलुङ्गे पुल निर्माण भएसँगै देवताल गाउँपालिका र कलैया उपमहानगरपालिका जोड्ने काम भएको छ। ५१ लाखको लागतमा निर्माण भएको झोलुङ्गे पुल लागेपछि कलैयाबाट देवताल गाउँपालिकासम्म जाने साईकल मोटरसाईकललाई अहिले सहज भएको छ। भनि झोलुङ्गे पुल उदघाटन गर्ने बेला गाउँपालिका अध्यक्ष सिंहले बताएका छन। जान आउन धेरै समस्या भईरहेकोले जिल्ला बिकास भएको बेला नै झोलुङ्गे पुल निर्माण गर्न बजेट निकासा भएता पनि बन्न सकेको थिएन।
अहिले देवताल गाउँपालिकाको सहयोगमा झोलुङ्गे पुल निर्माण भएकोले स्थानियहरु हर्षित भएका छन। पसाहा खोलामा झोलुङ्गे पुल नभएकोले आफ्नो खेतहरु पारी भएकोले जान समस्या भईरहेको थियो। साथै जब्का रौवाहि तिर कुनै काम परेमा गढिमाई जाने पासाहा पुल भएर पत्रहट्टी हुदै जानु परेको थियो । तर अहिले झोलुङ्गे पुल निर्माण भएपछि सहज भएको छ।
५ देखि ७ किलोमिटरको लामो दुरी अब छोटो भएको छ। भनि कलैया उपमहानगरपालिका वडा नं १४ भौरा टोल निवासी राजेश यादबले बताएका छन। पुल निर्माण भए सँगै आफुहरु अत्यन्तै खुशी भएको देवताल गाउँपालिकाका तथा कलैया उपमहानगरपालिका वडा नं १४ भौरा टोलका स्थानिय समाजसेवीहरुले हर्षित हुदै बताएका छन ।
झोलुङ्गे पुल बनेपछी देवतालबाट दैनिक कलैया बजारसम्म आवत जावत गर्ने किसान, बिद्यार्थी ,कर्मचारी ,दैनिक ज्यालादारी गर्ने आम सर्वसाधारणलाई अत्यन्तै सजिलो भएको रमेश यादवले बताएका छन । कलैया सदरमुकाम भएकोले सम्पुर्ण कामकाज कोलागि कलैया नै पुग्ने भएकाले पुल निर्माण भएपछि हामिलाई कलैया जान आउन धेरै नै सहज भएको साथै समय पनि कम लाग्ने भनि देवताल गाउँपालिका वडा नं ६ का बाबुलाल यादवले हर्षित हुदै जानकारी दिएका छन।
उक्त अवसरमा गाउपालिकाका उपाध्यक्ष रामपती देबि ,प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह, वडा नम्बर ६ का अध्यक्ष रामपुजन पण्डित , वडा न १ का अध्यक्ष पन्नालाल साह , वडा नं २ का अध्यक्ष रमेश यादब, वडा नं ३ का अध्यक्ष अमर प्रसाद नेपाली, वडा नं ४ का अध्यक्ष मिश्रिलाल प्रसाद सहनी, वडा नं ५ का अध्यक्ष लखिन्द्र प्रसाद यादब, प्राबिधिक शाखा प्रमुख ओकिल मिया, योजना शाखा प्रमुख अभिनन्दन कुमार गुप्ता, सुचना प्रबिधी अधिकृत मुकेश यादब, स्थानिय समाजसेवी जवाहिर अन्सारी , प्रसाद महतो, झोलुङ्गे पुल उपभोक्ता निर्माण समितीका अध्यक्ष रामप्रवेश यादब, सचिव सन्जय पटेल सहित गाउपालिका बासिको उपस्थिति रहेको थियो। उदघाटन कार्यक्रममा गाँउपालिका अध्यक्ष चन्दन कुमार सिंहले समयमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेकोले उपभोक्ता समितिका अध्यक्ष यादबलाई गमछा ओढाई सम्मान गरेका थिए। भने गाउँपालिका उपाध्यक्ष रामपति देबिले उपभोक्ता समितिका सचिव सन्जय पटेललाई गमछा ओढाई सम्मान गरेकि थिइन।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments