शिला देवी झालाई हथौडा प्रहार गरि आफ्नै देवरले हत्या गरेको खुलासा , देवर पक्राउ
असोज ३१,महोत्तरी
शिला देवी झालाई हथौडा प्रहार गरी उनको देवरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
गत बुधबार राती महोत्तरीको महोत्तरी गाउँपालिका वडा न. ३ मडै गाउँ बस्ने स्व. लाल किशोर झाको श्रीमती ४२ वर्षीय शिला देवी झा आफ्नो घरमा एक्लै सुती रहेको बेला उनको टाउकोमा हथौडा प्रहार गरी उनको हत्या भएको थियो ।
उनको लाश मृत अवस्थामा ओछ्यानमा छ भनेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाइ २८ गते बिहान खबर प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । शिला देवी झाको कान्छो देवर संजय कुमार झाको २०७८ साल अषाढ महिनामा बिबाह भए पश्चात शिला देवी झासँगै संगोलमा बसेका थिए ।
सो क्रममा शिला देवी झाले संजय कुमार झाको श्रीमती रिंकु देवी झालाई केरा खान दिएको दिनको राती उनको गर्भ तुहिएको थियो पछी संजय कुमार झा उनकी श्रीमतीको हजुरआमाको जनकपुर स्थित रहेको घरमा बस्न गएका थिए ।
रिंकु देवी झाले बेला बेलामा मुखबाट फिंज निकाली बिरामी भईरहने गरेकोले उनको अस्पतालमा चेक जांच हुंदा समेत उक्त रोग निको भैईरहेको थिएन ।
बिगत डेढ महिना अगाडी झाक्री लगाउंदा रिंकु देवी झा काम्ने क्रममा उनले आफूलाई शिला देवी झाको माईलो छोरा स्व. कृष्णा झा हुं भनि बताएको थिइन् । शिला देवी झाले आफ्नै श्रीमान लालकिशोर झा र आफ्नै छोरा कृष्णा झालाई टुनामुना गरी मारेको र अब संजय कुमार झाको श्रीमती रिंकु देवी झालाई समेत मार्ने भनी बताउने गरेकी थिइन् ।
शिला देवी झाले रिंकु देवी झालाई केरा खुवाएको कारण उनको गर्भ तुहिएको भन्ने मानसिकता बनाएको थिइन् । त्यस्तै संजय कुमार झाले शिला देबी झालाई दिएको सापटी रकम १२ लाख ३९ हजार पटक पटक फिर्तामाग्दा समेत नदिएकोले भाउजु शिला देवी झालाई मारे पछी मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धबिश्वाशको कारण उनले शिला देवीको हत्या गरेका हुन् । संजय कुमार झा बुधबार साझ करिब ५ बजे तिर जनकपुरबाट साईकल चढेर मडै स्थित घरमा आएर राती सोही घरमा सुतिरहेकी भाउजु शिला देवीलाई बिहिबार बिहान करिब ३ बजेको समयमा भाउजु सुतेको बिछ्यौना मुनि रहेको हथौडाले झाको टाउकोमा तिन पटक प्रहार गरेर हत्या गरेका हुन् । हत्या पश्चात उनि पुन साइकलमा जनकपुर तर्फ गएका थिए ।
घटना पश्चात प्रहरीले अनुसन्धान गरि महोत्तरी गा.पा. वडा न. ३ मडै घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका वडा न.२४ सोनापैडा टोल बस्ने ४२ वर्षीय र ज्याला मजदुरी गर्ने संजय कुमार झालाइ हिरासतमा लिई आवश्यक कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments