अविरल वर्षाको कारण किसानको आँखामा आँसु ,मेहनत पानीमा
ममता शर्मा
कार्तिक २ ,गौशाला ।
अविरल वर्षाका कारण खेतमै धान डुबान भएपछि किसान चिन्तित बनेका छन् ।किसानहरूको उत्पादन हुन लागेको धान डुबानमा परेपछि उनीहरू निराश भएका छन् । अधिकांश किसानहरूले काटेको धानलाई निरन्तरको वर्षाले डुबाएपछि उनीहरू ऋणमा डुब्ने भन्नेमा चिन्तित भएका हुन ।
मुरी रोपेर मानो फलानो सपनामा खेती गरेका किसान लाई वर्षाले पानीले निराश बनाइदिएको छ । गत वर्ष उखुको पैसा समयमा नपाएपछी किसानहरुले आसु बहाउनु परेको छ । त्यस घाउँमा सरकारले मल्हम नलगाउदै यस वर्षको फेरी अर्को घाउँ किसानहरुलाई लागेको छ । फलेको र पाकेको धान घरमा ल्याउने बेला दैवीय प्रकोप वर्षा र हावाहुरीले धानलाइ नष्ट गरिदिएको छ ।
यस वर्ष राम्रो धान उत्पादन हुने भन्दै उत्साही भएका किसानहरू धान भित्राउने बेलाको बेमौसमी वर्षातले धानमा क्षति पुर्याएपछि भने उनीहरूलाई निराश बनाएको छ ।महोत्तरीको अधिकांस किसानहरूको काटेर घर भित्र्याउन लागेको धानमा क्षति पुगेको कृषक गोविन्द साहले बताउनुभयो । खेतमा काटेर राखेको धानमा दुई दिन देखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको स्थानीय बासिन्दाले बताएका छन् । खेतमा काटेर राखेको धान पानीले भिजाएपछि किसानहरू लाई ठुलो नोक्सानी भएको छ ।
धान झार्नको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएपछि खेतमै पुन उम्रने हो कि भन्ने चिन्ता किसानमा रहेको छ । वर्षाले भिजेको धान झार्नु अघि फेरि सुकाउनु पर्ने पीडा किसानमा रहेको छ ।
पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल समेत काम नलाग्ने हुन्छ भनेर स्थानीय राजिव महतोले बताउनु भयो । एक स्थानीयले आफ्ना मनका व्यथा जनप्रतिनिधिलाई भने ,“देशमा कुनै ठाउँमा केहि घटना हुदा राहत लिएर आइपुग्छन तर किसानहरुलाई जति ठुलो विपद आए पनि सरकार नै पन्छिन्छ ।
के काम लाग्यो तिन तहको सरकार ?आउदै गरेको चुनावमा हामी सम्पूणर् किसान एक हौ र यस्ता फटाहा र ठग्ने नेतालाइ हामीले जरै देखि उखेलेर फाल्नुपर्छ ।
अनि मात्रै किसानको घरमा खुसियाली आउँन सक्छ । त्यहि किसानको खेतमा उब्जिएको अन्नले र त्यहि किसानको भोटले मोज गर्ने नेताहरु हुन्छन तर किसानहरु दुख र पीडाका साथ् आफ्ना जीवन व्यतित गरिरहेका छन् ।
कहिले उखुको पैसा लिनको लागि लडाई गर्नु पर्यो त कहिले खाद मलको लागि लालाहित हुनुपर्यो । यो तिन तहको सरकार नै निकम्मा भईसक्यो र किसानको लागि मरिसक्यो । यसरि उनले आखाबाट झार्दै आफ्ना दुखासो पोखेका छन्
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments