गौशाला उद्योग वाणिज्य संघद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा व्यापारीहरु नआउदा अध्यक्ष चिन्तित

5 वर्ष पहिले प्रकाशित

(2078-07-05 B.S.)

2924 पटक देखिएको

निरन्जन साह 
कार्तिक ५ ,गौशाला 

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको आयोजनामा नेपालीहरुको महान चाडपर्व दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गौशाला पार्टी प्यालेशमा सम्पन्न भएको छ । 
गौशाला उद्योग वाणिज्य संघद्वारा शुक्रबार १ बजे संचालन हुने गरि आयोजना गरिएको कार्यक्रममा करिब ४ सय जनलाई निमन्त्रणा गरिएको थियो । 

उक्त कार्यक्रमको अध्यक्षता गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह गरेको थिए भने प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ थिए । १ बजे कार्यक्रम आयोजना गरिएको थियो तर सोमा ५/७ जना अतिथिहरु साढे २ बजे उपस्थित भए । 

जसमा व्यापारीहरु उपस्थित नहुदा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तित भएका थिए । पछी ३ बजे करिब २०/२५ जनाको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो । शुभकामना आदान प्रदानको क्रममा सबै वक्ताहरुले एउटै कुरा भनेका थिए “व्यापारीहरु उपस्थित नहुनुमा दोषी को छ ?व्यापारी या उद्योग वाणिज्य संघ । तर कम्तिमा व्यापारीहरु उपस्थित भएर यस कार्यक्रमलाई भव्य रुपमा संचालन गरेको भए आज लज्जास्पद हुनुपर्ने थिएन ।

त्यसैगरी गौशाला उद्योग वाणिज्य संघका सचिव रमेश यादवले भने“व्यापारीहरु तथा संघका सदस्यहरु उपस्थित नहुनुमा गौशाला उद्योग वाणिज्य संघको कमीकमजोरी देखिएको छ । एक त सदस्यहरुलाइ आसन ग्रहण गराएन अर्को यो हाम्रो व्यापारीहरुको संघ हो । व्यापारीहरुको कार्यक्रम हो । तर राजनीतिकर्मी प्रमुख अतिथि हुनु उद्योग वाणिज्य संघ व्यापारीहरुको नभएर पार्टीगत भएको भनेर  आलोचना  गरेका छन् ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रामराजा प्रसाद साहले उपस्थित भएका प्रमुख अतिथिको संघका सचिव यादवले अपमान गरेको भन्दै आपति जनाएका छन् । 
उद्योग वाणिज्य संघको भवनको शिलान्यास जसपाका नेता लक्ष्मी महतोले गर्दा हुने तर यस कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता हुदा किन दुखि हुने भनेर उनले आलोचना गरेका छन् । 

पछी संघका अध्यक्ष र संघका सचिव रमेश यादव बीच एकआपसमा भनाभन समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले