मलेसियामा कारोनाले ज्यान गुमाएका युवाका परिवारलाई आर्थिक र खाद्यान्न सहयोग

5 वर्ष पहिले प्रकाशित

(2078-07-06 B.S.)

5189 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,६ कार्तिक 

वैदेशिक रोगजारीकै क्रममा करिव ६ महिना अगाडी मलेसियामा कोरोनाले थला परि मृत्युवरण गरेका  सम्सी गाउपालिका ४ गैढा भेटपुरका रामदेव महतोको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ ।

वैदेशिक रोजगारीमै रहेका युवाहरुले उनको परिवारको कन्तविजोग वारे थाहा पाएपछि मृतक महतोको परिवारको लागि सहयोग जुटाई दिएका हुन । स्थानि युवा राम ध्यान यादवले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमले स्व. महतोको परिवारको आर्थिक विपन्नता सार्वजनिक गरेपछि युवाहरुले उक्त सहयोग संकलन गरि पठाएका हुन ।

समाजसेवी सविता यादव समेतको उपस्थितिमा मृतक महतोको परिवारलाई स्थानिय युवा यादवकै हातबाट ७७ हजार नगद र करिव ९ हजार बरावरको खाद्यान्न सहयोग गरिएको छ । उक्त सहयोग सामग्री र रकम महतोकि श्रीमति फुलपरी देवीलाई दिइएको हो ।

दुई छोरी र एक छोरा क्रमश ६,४ र २.६ वर्षको रहेको महतो परिवार आर्थिक रुपमा निक्कै कष्टमा रहेकोमा उक्त रकमले सानो तिनो व्यापार गरि जिविकोपार्जन गर्न मद्दत पुग्ने भन्दै रकम हस्तान्तरण गरिएको हो ।

समाजसेवी सविता यादवले समेत घरमै कुनै पसल वा सिप सिकेर घरको आर्थिक खर्च पुग्ने गरि व्यापार गर्न सकिने बताउदै आर्थिक सहयोग गरेका युवाहरुलाई धन्यवाद दिएकि थिईन । उनले भनिन,“हाम्रो समाजमा एकजना पिडित खोज्दा हजार भेट्ने गरेको र तिनको पिडा बुझेर उनको घाउमा मलम लगाईदिने सहयोगी हातहरु लाखौ हुने गरेकामा सवै मिलेर भुमिका खेलिरहेकोमा यसले समाजकै काम गर्न थप उर्जा थपेको बताईन । ”

उक्त परिवारलाई आर्थिक सहयोग पठाईदिने युवाहरु बिजय कुमार यादव(सोहि ठाउ निवासी),कमल ग्यवाली(पाल्पा),राजेश कुमार यादव(धनुषा),कमलेश मण्डल(धनुषा),संजिव कुमार यादव(धनुषा),नबराज साउद(कंचनपुर),सुरेश महरा(महोत्तरी),इजन श्रेष्ठ(चितवन),सरोज महतो(महोत्तरी),फनिन्द्र खनाल(झापा),तिलक फुयाल(सिंधुली),रघुविर मण्डल(महोत्तरी),बन्धु थारु(रुपन्देही),मुन्ना कुमार साह(वारा),सत्यनारायण महतो(सर्लाही) र मईनुल ईस्लाम(बांग्लादेश) रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले