जी टुडे राष्ट्रिय दैनिक पत्रिकाको बिमोचन सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-09 B.S.)

2621 पटक देखिएको

उपेन्द्र पासवान

कार्तिक,९

जी न्यूज नेटवर्क प्रा. लि. द्वारा प्रकाशित जी टुडे राष्ट्रिय दैनिक पत्रिकाको बिमोचन कार्यक्रम आज एक समारोहका बीच मिडिया भवन, जी न्यूज नेटवर्कको सभा हलमा सम्पन्न भएको छ l

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ l जी टुडे राष्ट्रिय दैनिक पत्रिका आवाज बिहिनको आवाज बन्न अवश्य नै सफल हुनेछ भनि विश्वास व्यक्त गरे l

जी टुडेका लागि आफुसंग सम्भव हुने सबै किसिमको सहयोग गर्ने यादवले प्रतिबद्धता समेत व्यक्त गरे l बारा जिल्लामा दैनिक पत्रिकाहरु धेरै नै दर्ता भए र प्रकाशन समेत भए तर बढी समय सम्म टिक्न चाहि सकेन l यसको एउतै कारण हो कि संचार क्षेत्रलाई सम्मान नजरले देखिएन l

जब सम्म पार्टीगत रुपमा हेरेर संचार क्षेत्रलाई विज्ञापन, सूचना दिइन्छ वा सहयोग गरिन्छ तब सम्म संचार क्षेत्रको विकास हुन् सक्दैन भनि कार्यक्रमका विशिष्ट अतिथि रामचन्द्र चौधरीले बताए l पत्रिकाहरुको विज्ञापनको लागि कति चोटी संचारकर्मीहरु दौडन्छन् अनि मात्र उनीहरुलाई विज्ञापन पाईन्छ l

त्यसमा पनि आफ्ना दलका संगठनका पत्रकार भए मात्र विज्ञापन पाईन्छ l अब नगर प्रमुखहरुले यस्ता किसिमको सोच त्यागेर समानुपातिक समावेशीको नजरले संचार क्षेत्रलाई हेर्नको लागि कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता मुकेश साहले सुझाव दिए l आज बिमोचन हुन लागेको जी टुडे राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक आनन्द शर्माले संचार क्षेत्रमा र मधेश आन्दोलनको समयमा समेत आफ्नो पत्रकारिताको माध्यमले निकै नै ठुलो भूमिका निर्वाह गरेका छन l

जिल्लामा उहाँलाई नचिन्ने सायदै कोई होला l संचार प्रतिको माया र लगनशीलता एकदमै निकै रहेको र असिमित शक्ति र साहस भएका व्यक्ति शर्माले यस पत्रिकालाई सफलताको उच्च शिखरमा पुर्याउनेछन् भनि लोसपाका युवा नेता जयप्रकाश साहले विश्वास व्यक्त गरे l

संचार गृहको संचालन गर्नु कुनै ठुलो कुरा होईन l त्यस संस्थालाई ईमान्दारी र निष्पक्षता साथ चलाउनु र सत्य तथ्य कुराहरुलाई नडराई, बिना भय त्रासको समाचारहरु प्रकाशन गर्नु नै संचारकर्मीको दायित्व हो भनि कार्यक्रमका सभापती राजेन्द्र प्रसाद ठाकुरले सुझाव दिए l

नेपाली मिडियाहरुको विकास क्रमसंगै संख्या समेत बढिरहेको छ l नेपालमा पत्रपत्रिका, अनलाईन, रेडियो, टेलिभिजनको संख्या बढ्दै गईरहेको छ l ति मिडिया राष्ट्रिय विषयवस्तुलाई विशेष चासो र स्थान दिने गरेको देखिन्छ l जी टुडे राष्ट्रिय दैनिक पत्रिका राष्ट्रिय समाचारको साथ साथै विशेष गरि स्थानीय एजेन्डालाई विशेष स्थान दिनेछ l

आवाज बिहिनको आवाजको रुपमा हामी स्थानीय विषयवस्तुलाई उठान गर्ने जी टुडेका प्रबन्ध निर्देशक तथा सह–सम्पादक आनन्द शर्माले कार्यक्रममा बोल्दै प्रतिबद्धता व्यक्त गरे l जनताको हरेक आवाज हामी उठाउनेछौ l स्थानीय मुद्धालाई सम्बोधन गर्न सम्बन्धित निकायलाई हामी सधैं आवाज उठाई रहने छौ l

स्थानीय किसान देखि सर्वसाधारणको समस्या उठाउँदै समाधानका लागि हाम्रो टिम निरन्तर रुपमा कलम चलाई रहनेछ l जिल्ला एवं प्रदेश नं. २ को एतिहासिक, पर्यटकीय, धार्मिक स्थलको विकास तथा समृद्धिका लागि हामी पहरेदारको भूमिकामा रहनेछौ भनि जी न्यूज नेटवर्कका अध्यक्ष आरती ठाकुरले बोले l कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, जी टुडेका संस्थापक राजेन्द्र प्रसाद ठाकुर, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, कलैया उपमहानगरपालिकाको वडा नं. ९ का वडाध्यक्ष डा. अख्तर आलम अन्सारी, लोसपा का युवा नेता जयप्रकाश साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, जी न्यूज नेटवर्कका अध्यक्ष आरती ठाकुर, प्रबन्ध निर्देशक आनन्द शर्मा, पद्मोदय दैनिकका सम्पादक अजय साह, लगायतका संचारकर्मी, युवा अभियन्ता विकास सिंह लगायातका अतिथिहरुको सहभागिता रहेको थियो l

कार्यक्रमको उद्घोषण रामानद यादवले गरेका थिए भने स्वागत मन्तव्य पद्मोदय राष्ट्रिय दैनिकका सम्पादक अजय साहले दिएका थिए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले