बारामा सस्तो बजार रमाइलो मेलाको उदघाटन सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-11 B.S.)

2497 पटक देखिएको

उपेन्द्र पासवान 

कार्तिक ११ गते

बाराको सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ को नगर प्रमुख राजेश राय यादवले रिबन काटेर उद्घाटन गरेका छन । द जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा शुरु भएको मेला वडा नम्बर ४ जानकी हल पछाडीको मैदानमा लागेको छ ।

अदालत टोलको खाली ठाउमा शुरु मेला आज देखि २२ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराएका छन । ब्याहुतले सो मेलाको लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग मिलिरहेको बताएका छन ।

अहिले पनि मेलाका लागि स्टलहरु धमाधम बुकिङ्ग समेत भैरहेको उनले बताए । ब्याहुतले मेलाका लागि अन्दाजी ३० लाखको लागत लाग्ने बताउदै स्पोन्सर तथा सहयोगी हातहरु अझ सम्पर्कमा आईरहेको बताए ।

मेलाले कलैयाको आन्तरिक पर्यटन बिकास संगै व्यापारमा समेत टेवा पुग्ने र स्थानिय उपजको पनि बजारिकरण हुने प्रमुख अतिथी यादवले जनाएका छन।

यादवले मेलाको लागि आवश्यक पर्ने सबै सहयोग कलैया सरकारले गर्ने बताउदै यी र यस्ता मेलाको सम्बर्द्धन तथा प्रवर्द्धन कलैया सरकार संगै सम्पूर्ण नगर बासिले गर्नुपर्ने बताएका छन ।

आयोजकले समस्त सरोकारवालालाई मेला सफल गर्न आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मेलामा रहने स्टलको लागत रु.५ हजार देखि २५ हजार सम्म रहेको आयोजक संस्थाका सचिव अर्जुन गुप्ताले बताएका छन ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल,४ का अध्यक्ष जट्टा शंकर सहनी,१२ का अध्यक्ष राजेश्वर केशरी,१९ का लतिफ मिया ठकुराई,२१ का अध्यक्ष पुनदेव रौनियार,२२ का अध्यक्ष लालबाबु यादव ,२५ का अध्यक्ष राजेश स्वर्नकार,२७ का अध्यक्ष रेयाजुल अन्सारी,प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कोषाध्यक्ष राजेश बुढा,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह,लोसपा नेता जय प्रकाश साह,राष्ट्रीय युवा संघ का केन्द्रिय सदस्य पप्पु साह,वाईसिएलका केन्द्रिय सदस्य डा.सुशील साह,जेसिज कलैयाका अध्यक्ष शम्भु कुप्ता,धनिलाल सरार्फ,गङ्गा सागर कुश्वाहा,जेसिजका महासचिव पवन कुश्वाहा,नेबि संघका नेता दिपेन्द्र पटेल,नेजामुदिन अन्सारी ,गणेश ब्याहुत कलवार,आशिष् कुमार गुप्ता,धर्मेन्द्र यादव,सन्दिप बरै लगायतकाको उपस्थिति रहेको थियो ।

मेलामा विभिन्न खालका मनोरञ्जनात्मक खेल तमासाको समेत आगमन भैइसकेको छ । मेलाको प्राविधिक सहयोग द लिड ईन्टरटेनमेन्ट एन्ड एडभरटाईजले गरेको छ भने कलैया सिटि जिसिजले सहयोग गरिरहेको छ । मेलाको मुख्य सहयोगी कलैया उपमहानगरपालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले