हिमालयम पीरामिड कलेजको वेल्कम कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-14 B.S.)

2498 पटक देखिएको

पवन प्रसाद साह

कार्तिक,१४ 

हिमालयन पिरामिड कलेज वीरगंजको वेलकम कार्यक्रम मा.मुख्यमंत्री लाल बाबू राउत जीको प्रमुख आतिथ्य र कलेजको कार्यकारी निर्देशक बिजय यादवको अध्यक्षतामा सम्पन्न भएको छ।

जसको विशिष्ट अतिथि वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख अरविंद लाल कर्ण र अरबिंद सिंह(N.PABSON का उपा-अधय्क्ष)को विशेष उपस्थिति र स्वागत मनतव्य कलेजको प्रिंसिपल संजय कुमार सिंहले गरेका थिए  ।

वीरगंजको प्रसिद्ध कलेजमध्ये पिरामिड कलेज पनि एक भएकोले विद्यार्थीहरुले राम्रै कलेज छानेर अध्यापन शुरु गरेकोमा खाली डाक्टर, इन्जिनियर मात्र नभएर अन्य प्रशासनीक, कृषि, न्यायालय बैंकिंक लगायतका क्षेत्रहरुमा पनि जोड दिनुपर्ने धारणा मुख्य मंत्री राउतले राख्नु भएको थियो । मुख्यमन्त्री राउतले भने अहिले डाक्टर, इन्जिनियर प्रशस्त भएकाले आफ्नो कार्यालयमा आई अभिभावकहरुले जागिर लगाइदिन भनेर हारगुहार गरिरहेकोले अब विद्यार्थीहरुले डाक्टर र इन्जिनियरको विकल्पमा अन्य विषय पढ्नु पर्ने बेला आएको समेत बताए ।

शिक्षाले मात्र समाज र राष्ट्र परिवर्तन हुने भएकोले शिक्षालाई पहिलो प्राथमिकतामा जोड दिनुपर्ने मुख्यमन्त्री राउतको भनाई रहेको छ । सरकारले करोडौं लगानी गरेर कलेजहरु स्थापना गरेको भएपनि अहिले सरकारी कलेजहरुबाट खासै आश लाग्दो विद्यार्थीहरु उत्पादन नभएकोले निजी कलेजहरुले आफ्नो निजी खर्चले विद्यार्थीहरुलाई उत्पादन गरिरहेकोमा धन्यवाद समेत मुख्यमन्त्री राउतले दिनु भएको थियो ।

प्रदेश सरकारले भर्खरै मात्र अध्यादेश मार्फत वीरगंजमा प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय स्थापना गर्न लागेकोले प्रदेशका विद्यार्थीहरुले यही प्रदेशमा अध्यापन गरुन र आफ्नै आमाबुबाहरुको साथसँग बसेर सानो तिनो रकममा उनीहरु पढन सकुन भन्ने उद्देश्यले विश्वविद्यालय खोल्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले