म आफ्नै कार्यकालमा गौशाला नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्नेछु :मन्त्रि श्रेष्ठ

5 वर्ष पहिले प्रकाशित

(2078-07-16 B.S.)

3418 पटक देखिएको

गौशाला महोत्तरी

कार्तिक १६

महोत्तरीको गौशाला नगरपालिकामा रहेको गाई गौशालाको जग्गा र गुठि संस्थानको जग्गालाई संरक्षण गर्नुपर्ने भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रि शशि श्रेष्ठले बताउनु भएको छ  गौशाला नगरपालिका अन्तर्गत रहेका गाई गौशालाको जग्गा र गुठी संस्थानको जग्गा अतिक्रमण भईरहेको सन्दर्भमा बक्ताहरुले उठाएका प्रश्नहरुको उत्तर म रातदिन मेहनत गरेर यो सन्दर्भमा चाडै भन्दा चाडै अतिक्रमणको र बिचौलियाको समस्यालाइ समाधान गर्न लागि परेको छु  साथै भूमिहीन जनताहरुलाई भूमिको पनि व्यवस्था गरेर लालपुर्जा हस्तान्तरण गर्ने छु भनेर उहाले बताउनु भएको छ 

मंगलवार महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदान प्रदान  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् 

गौशाला स्थितका सम्पूर्ण वडाहरु नमुनाको रुपमा बिकसित भएका तर यहाँ गाई गौशाला तथा गुठीहरुको जमिन अतिक्रमण गरेर सम्पूर्ण कामहरु भ्रष्टचारमा भईरहेको युवा नेता सूर्यनारायण साहले बताए 

आम नागरिकहरुले सरकारी  सुबिधाको लागि पनि अनावश्यक रुपमा खर्च गर्नु परेको गुनासो गर्दै नापी कार्यालय र मालपोत कार्यालय स्थानीय स्तरबाटै संचालित हुनपर्ने गौशाला नगरपालिका वडा न.१२ वडा अध्यक्ष तथा दलित मुक्ति संगठनका नेता कृष्ण बहादुर विश्वकर्माले बताएका छन् 

गाई गौशालाका गाईहरू खान नपाएर मरिरहेको भन्दै प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले जबसम्म गाई गौशालाको जिम्मा प्रदेश सरकारलाइ दिईदैन तबसम्म यसको संरक्षण र सम्बर्धन हुदैन भनेर भनेका छन् 

यदि यहि मंच बाट प्रमुख अतिथि मन्त्रि शशी श्रेष्ठले गौशाला नगरपालिकामा मालपोत र नापी शाखा स्थापनाको घोषणा गर्नुहुन्छ भने २४ घण्टा भित्रमा गौशाला नगरपालिकाले भवन र कर्मचारीको व्यवस्था गर्न तयार छ भनेर नगरका मेयर शिवनाथ महतोले प्रतिबद्धता व्यक्त गरेका छन् । 

त्यस्तै सम्पूर्ण वक्ताहरुको कुरा सुनेर प्रमुख अतिथि मन्त्रि शशी श्रेष्ठले भने,"यो मंच बाट घोषणा गर्न मिल्दैन तर जनताको सेवाको लागि अहोरात्र काम गरेर छिटो भन्दा छिटै म आफ्नै कार्यालयमा गौशाला नगरपालिकामा यो कार्यको प्रारम्भ गर्ने छु "

उक्त कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै नेकपा माओवादी केन्द्रको गौशाला नगरपालिकाका नगर संयोजक बिष्णु लामाले कार्यक्रम समापन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले