शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
वीरगंज, पर्सा
पवन प्रसाद साह
नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं २० वडा इकाई कमिटीद्वारा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

शुभकामना तथा सम्मान कार्यक्रम दुई चरणमा सम्पनन् भएको थियो। पहिलो जेष्ठ नागरिकलाइ सम्मान र दोस्रो उच्च शिक्षा हासिल गरेका तथा विधार्थीहरूको सम्मान कार्यक्रम रहेको थियो। त्यसैगरी,सम्मान हुने विधार्थीहरू हरपतगन्जका पि.एच.डि. पढ्ने,एम.बि.बि.एस पढ्ने,अमेरिकाबाट आइ.टी. पढेर आएकालाई सम्मान गरियो।
प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका जिल्ला सभापति अजय द्विबेदिले छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान-प्रदानमा आफ्नो दुईशब्द राख्नुभयो- सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगमा पनि मनाउन थालिएको छ ।
छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ। यस्तै छठ पर्व पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । तराई मधेसमै बस्ने पहाडी मूलका अधिकांशले पनि छठ पर्व मनाउन थालेकाले यो पर्वले मधेसी र पहाडीलाई जोड्ने काम गरेको जानकारीहरु बताउँछन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको वाड ८ का वाडाध्यक्ष बसन्त यादवले बताए ।
“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । वि. सं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ ।
२०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । सो कार्यक्रम नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं २० हरपतगजको वडा इकाई कमिटीका सभापति हरिचंद्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका जिल्ला सभापति अजय द्विबेदिको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथि उर्जा तथा खाने-पानी मन्त्रीमा• ओमप्रकाश शर्मा र पुर्व संविधान सभा सदस्य एवं पर्सा क्षेत्र १ का उम्मेदवार अनिल रूंगटा रहेका थिए भने अतिथिमा राम नारायण कुर्मी,श्याम पोखरेल,दिना गुप्ता,प्रकाश उपाध्याय,श्याम पटेल,विजय सराफ,मोहमद सहाबुदिन,बैकुण्ठ क्षीवास्तव ,मनोजा चौधरी,अरबिन्द गुप्ता,दिपेन्द्र चौहान,हुकुम सिंह,जितेन्द्र पुरुष ढकाल,मनोज महतो,बिशेसर पटेल,राम निवास यादव,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता, लगायत बुथ ईकाई समिति वडा न.२० का नेता कार्यकर्ता क्रीयाशील सदस्यहरुको उल्लेखनिय उपस्थित रहेको थियो भने कार्यक्रम संचालन दिप पुरिले गरेका थिए। त्यसैगरी,यस कार्यक्रमबारे नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले जानकारी दिनुभयो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments