परिवार दलको प्रदेश न. २ को संयोजकमा सन्तोष कुमार पौडेल सर्वसम्मत चयन

5 वर्ष पहिले प्रकाशित

(2078-08-01 B.S.)

4213 पटक देखिएको

उपेन्द्र पासवान

मंसिर १, गते

तेस्रो राष्ट्रिय महाधिवेशनको संघारमा रहेको नेपाल परिवार दलको प्रदेश नं. २ को अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ। कार्तिक २३ मा सम्पन्न अधिवेशनले १०१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले प्रदेश संयोजकमा सन्तोष कुमार पौडेल , सहसंयोजक सन्तोष दास र अब्दुल कयुम शाहलाइ चयन गरेको भने सचिवमा मनोजलाल कर्ण त्यसैगरी कोषाध्यक्षमा रीता महतोलाई चयन गरेको छ।

प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पार्टिका प्रवक्ता एवं प्रदेश न. २ का संयोजक पौडेलले देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

नेता पौडेलले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उल्लेख गर्नु भयो ।

पौडेलले भन्नु भयो प्रतिशोधको राजनीतिले नागरिकले दु:ख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक विपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्पवक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताउनु भयो ।

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाव समेत दिनु भयो ।

प्रवक्ता पौडेलले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत व्यवस्था गर्न र संविधानलाई सर्व स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्नआवश्यक पर्ने सुधारको लागी एक संविधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताउनु भयो ।

सह संयोजक अब्दुल कैयुम साहले जनताले दुई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न तयार रहेको बताउदै आगामि निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय सांसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे । यहि मंसिर चार र पाँच गते परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले