गौशाला त्रिभुवन माध्यमिक विद्यालयको समिति गठनमा राजनीतिकर्मी र प्रधानाध्यापकको मनोमानी

5 वर्ष पहिले प्रकाशित

(2078-08-02 B.S.)

3258 पटक देखिएको

निरन्जन साह 

महोत्तरीको गौशाला स्थित त्रिभुवन माध्यमिक विद्यालयमा प्रत्यक्ष रुपमा राजनितीक पेशामा लागेका व्यक्तिहरुले मनोमानी ढङ्गले र राजनीतिक दलको बाडफाडमा शिक्षालाइ राजीनिक र व्यापारीकरणमा परिणत गर्ने उद्देश्यले अस्थायी विद्यालय व्यवस्थापन समिती गठन गरिएको  अभिभावकहरुले आरोप लगाएका छन्  ।

बिगतमा ४/४ पटक अभिभावक भेला हुदा पनि समिति गठन हुन नसकेको र अन्तिम पल्ट गौशाला नगरपालिका वडा न.५ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष  धर्वेन्द्र साहको नेतृत्वमा स्कुल संचालन गर्न दिइएको थियो । अचानक कार्तिक ३० गते शिक्षा विकास तथा समन्वय एकाई महोत्तरी जलेश्वरले स्वीकृति गरि पठाएको  पत्र अनुसार चयन गरिएको अधिकांश सदस्यहरु सक्रिय रुपमा राजनितीक पेशामा लागेका छन् ।

वडा नं. ५ को अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय समिती चयन भएको विद्यालय स्रोतले जनाएको छ ।

सदस्यहरुमा राजनीतिकर्मी श्रीकिशोर साह, गौशाला नगर कार्यपालिका सदस्य दिनेश कुमार साह कलवार, वडा नं. २ का वडासदस्य कुमरकान्त झा, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साह, नेकपा एमालेका नेता रामऔतार महासेठ, नेपाली काँग्रेसका लक्ष्मी शर्मा रहेका वडा अध्यक्ष साहले जानकारी दिएका छन् ।

त्यस्तै समितीका अन्य सदस्यहरुमा रामसोगारथ यादव र नजया खातुनको नाम रहेको छ । विद्यालयको प्रधानाध्यापक अमोद कुमार साह सदस्य सचिव रहेको सो समितीको शिक्षक प्रतिनिधीमा कपिलराज वरालको नाम राखिएको  छ ।

जबकी व्यवस्थापन समितिको गठन प्रक्रिया एन अनुसार विद्यालय व्यवस्थापन समितिको गठन परियोजनाको लागि विद्यार्थीका बाबु ,आमा ,बाजे ,बज्यै मध्ये कुनै एकजनाको नाम मात्र अभिभावकको रुपमा राखेर समिति गठन गर्नुपर्ने हुन्छ तर यस समितिमा बस्नेहरु कोहि अभिभावक छैनन् तरपनि समितिमा बस्नु कतिको जायज हो भनेर अभिभावकहरुले आलोचना गरेका छन् ।

एक अभिभावकले भने ,"यो समिति शिक्षाको सुधार तथा यसका गुणस्तरियताको लागि आएको हैन । विद्यालयमा आउने करोडौ बजेटमा भ्रष्टाचारी गरेर आउँदै गरेको चुनावको खर्च जोहो गर्ने उद्देश्यले यो समिति गठन भएको हो । हामी कुनै शर्तमा यो समितिलाइ मान्दैनौ।"

त्यस्तै प्रत्यक्ष रुपमा राजनितीक क्षेत्र अंगालेका व्यक्तित्वलाई समितीमा राखिएको भन्दै स्थानिय युवाहरुले विरोध जनाएका छन् । राजनितीक रुपमा गठन गरिएको समिती आफुहरुलाई मान्य नहुने स्थानिय युवा रामवाबु यादवले बताए ।

एक हप्ताको अवधिमा विद्यालयले अभिभावक भेला नडाके आफुहरु आन्दोलनमा उत्रिने प्रमोद महतोले बताए । विद्यालयको व्यवस्थापन समितीमा अभिभावकलाई नराखिकन पहुँच भएको व्यक्तिलाई ग्राहयता दिनु दुखद रहेको महतोले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले