महिलाबाट समेत महिला पिडित
रञ्जन भण्डारी
महोत्तरी,१० मंसिर ।
महोत्तरीमा महिलाबाटै समेत महिला पिडित भएको एक कार्यक्रमका विच प्रदेश साँसद शारदा थापाले बताएकि छिन । पुरुषबाट हिंसा र पिडा पाईरहेकि महिलाहरु केहि हदसम्म महिलाबाटै समेत पिडित हुुनु परेको उहाले बताएकि हुन । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत निकालिएको प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा उहाले सो बताईन ।
परिवारमा सासुबाट बुहारी,बुहारीबाट सासु,भाउजुबाट नन्द र नन्दबाट भाउजु पिडित हुनु परेको घटनाहरु समेत देखिने गरिएको उहाले बताएकि हुन । श्रीमानबाट श्रीमति,ससुराबाट बुहारी,देवरबाट भाउजु पिडित भैरहेको घटना भैरहदा महिलाबाटै समेत महिला पिडित हुुनु दुर्भाग्यपुणर् भएको भन्दै उनले महिला हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको देशव्यापी नारा “घरैबाट सुरु गरौ,महिला हिंसा अन्त्य गरौ” भन्ने नारालाई चरितार्थ गर्न घरबाटै हिंसा रोक्न सवैले आजैबाट प्रतिवद्धता जनाउन आग्रह गरिन ।
राष्ट्रिय महिला आयोगको आयोजन र आरेक नेपाल,टिपिओ नेपाल,महिला सचेतना समुह,ईन्सेक लगायतका महोत्तरी स्थित विभिन्न संघसंस्थाको सह आयोजनमा भएको उक्त कार्यक्रममा अध्यक्षता गर्दै राष्ट्रिय महिला आयोगकि सदस्य जया घिमिरेले महोत्तरीमा विगत केहि समय भित्रै महिला विरुद्धको विभिन्न जघन्य घटनाहरु घटेको पाइएकोमा सवै निकाय यसप्रति गम्भिर भई यस्ता घटनाहरु पुनः हुन नदिन र भएका घटनाहरुमा समेत कडाईका साथ अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन सचेत गराईन । उनले बोक्सी आरोपमा महिलाको हत्या,मलमुत्र खुवाइएको,कुटपिट गरिएको घटनाहरु तथा नावालिकहरुलाई समेत बलात्कार गरिएको घटनाहरुमा राष्ट्रिय महिला आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउदै आफुहरु पिडितहरुको घर घरमै पुग्दा उनीहरुको असह्य पिडा देखेकोले यस्ता घटनाहरुका दोषीहरुले उन्मुक्ति नपाउने अपेक्षा रहेको बताईन ।
उनले जघन्य प्रकृतिका घटनाहरुमा दोषीलाई धरौटीमा छाडिदा पिडितमाथी अन्याय हुन सक्ने भएकोले यसप्रति सवै पक्ष गम्भिर हुनु पर्ने बताईन ।
यता एकडारा गाउपालिका,मनरा सिस्वा नगरपालिका र मटिहानी नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले समेत समाजमा विद्यमान अन्धविश्वास,कुरिती र कुसंस्कारका साथै महिलामाथी हुने विभिन्न प्रकारका हिंसात्मक घटनाहरु प्रति आफुहरु सजग रहेको बताउदै समाजबाटै यसता गलत कृयाकलाप हटाउन जनप्रतिनिधी,स्थानिय,प्रसासन,प्रहरी र अधिकारकर्मीहरु लगायतका सवै सरोकारवालाहरु ऐक्यवद्ध हुनु पर्ने बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी गुञ्जा रायले विगतका विभिन्न महिला विरुद्धको घटनाहरुलाई सम्झदै केहि घटनामा प्रहरीबाट समेत कमि कमजोरीहरु भएको देखिएकोले प्रहरी पिडकको नभई पिडितलाई पिडकको नभई पिडितको हुन आग्रह गरिन । उनले निश्चयपनि पिडित भएर आउने सवै पिडित नहुन पनि सक्ने भएकोले प्रहरीले यथार्थमात्र अनुसन्धान गरि वाहिर ल्याईदिए त्यसले पिडितलाई निक्कै राहत पुग्ने बताईन । विभिन्न राजनितिकर्मीबाट समेत विभिन्न महिला हिंसाका र आपराधिक घटनाहरुमा महिला पिडितलाई दवार र प्रभावमा पारी गाउमै मिल्न बाध्य पारिने गरिएकोले त्यसप्रति समेत राजनितिकर्मीहरु सचेत हुनु पर्ने आवश्यक रहेको बताईन । महोत्तरीमा बढ्दो महिला हिंसाका घटनाहरु,बलात्कार,बोक्सी काण्ड लगायतका घटनाले अझै महिलाहरुको हितमा धेरै काम गर्न तथा लडाई लड्न बाकि रहेको देखिन्छ ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु,विभिन्न पालिकाका अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख,जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय प्रमुखहरु तथा विभिन्न संघसंगठनका प्रतिनिधी तथा प्रमुखका साथै विद्यार्थी,शिक्षकका साथै सयौको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
6 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
20 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
24 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
27 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
20 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत..
कमेन्ट गर्नुहोस्
view comments