गौशाला त्रिभुवन मा.वि.को मूल गेट मै यस्तो गतिविधि 

5 वर्ष पहिले प्रकाशित

(2078-08-20 B.S.)

3247 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला नगरपालिका वडा न.५ अन्तर्गत रहेका गौशाला त्रिभुवन मा.वि. को मूल गेट मा स्कुल कै भवनमा रहेको किराना पसलमा पान पराग ,गुटका ,चुरोट जस्ता लागु पदार्थ विक्री वितरण गर्ने गरेको पाइएको छ ।  विद्यार्थीहरुले विद्यालयको गेटमै यस्ता किसिमका लागु पदार्थ सेवन गर्ने गतिविधि गरेको दृश्य देखिएको छ ।  हजारौ विद्यार्थी अध्ययनरत रहेका उक्त विद्यालयको मूल गेट मै लागु पदार्थको विक्री वितरणले त्यहाँका विद्यार्थीहरुलाई विकृत गर्नुका साथै यसको सेवनमा बढोत्तरी गरेको छ ।  विद्यालय परिसर भन्दा करिब १/२ सय मिटर सम्म यस्ता किसिमका गतिविधि गर्न नपाइने कानुनमा भएपनि सो पसल विगत वर्षौ देखि त्यहाँ अवस्थित रहेको छ ।  तर त्यहाँका शिक्षक ,प्रधानाध्यापक ,व्यवस्थापन समिति लगायत कसैले पनि त्यस प्रति चासो नदेखाएको पाइएको छ । 

यस सम्बन्धमा प्रधानाध्यापक अमोध साह ले भने ," हामीले त्यो सानो कुरामा कहिले पनि ध्यान दिन सकेनौ ।  अब चाही ध्यान दिन्छौ र यस्ता विकृति हुन नदिन यसप्रति अग्रसर हुनेछौ । 

लागु पदार्थको दुर्व्यसन गर्न नहुने जस्ता ज्ञान  विद्यालयमा सिक्नु पर्ने विद्यार्थीले विद्यालयको परिसरमा त्यसको दुर्व्यसनमा लाग्नु विद्यालयको हेरचाह तथा शिक्षा माथि प्रश्न उठ्न गएको छ ।  सचेत गराउनुपर्नेमा उल्टै यस्तो गतिविधिको वेवास्ता गरिएको पाइएको छ ।  कुनै किसिमको विद्यालय प्रशासनले त्यसमा रोक लगाउन चासो नदेखाएको समेत पाइएको छ । 

हिजो आज युवा समुदायहरूमा लागु औषध जीवनसाथी जस्तै बनिरहेको छ। मुलुक विकासका सम्बाहक उर्जाशील युवाशक्ति कुलतमा फसेपछि उनिहरु आफ्नो लागि मात्र नभएर परिवार एवं समाजको समेत बोझ बनेका छन्। यस्ता दुर्व्यसनीको सङ्ख्या उदेकलाग्दो तरिकाले वृद्धि भइरहेको छ। नेपालका प्रत्येक जिल्लामा यसरी उर्जाशील युवा जनशक्ति क्षय हुने हो भने यसको परिणाम निकै नै कहाली लाग्दो हुने छ ।

यस तर्फ स्थानीय सरकारले पनि ध्यान नदिएको देखिएको छ ।  यस्ता विकृति तथा कुरीति अन्त्य गर्नुपर्ने भनाइमा मात्र सिमित भएको पनि यहाँ प्रमाणित हुन गएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले