गौशालामा रहेको वि.के. हेल्थ केयरको लापरवाही ,सम्बन्धित निकाय मौन

5 वर्ष पहिले प्रकाशित

(2078-08-20 B.S.)

5645 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले लापरवाही गरेको पाइएको छ  । गौशाला नगरपालिकाको नगर कार्यपालिकाको करिब सय मिटरको दुरीमा रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले पैसा कमाउने लोभमा गर्न नहुने कार्य गरेको पाइएको छ  । सामाजिक संजाल द्वारा आफ्नो विज्ञापनमा प्रचार प्रसार गर्दै २४ औ घण्टा अपरेसन सहितको प्रसुती सेवा र पाठेघरको जटिल शल्यक्रिया सेवा जस्ता कार्य गर्ने गरेको उल्लेख गरिएको छ  । विगत केहि दिनदेखि पेट चिरेर बच्चा निकाल्ने काम अर्थात शल्यक्रिया द्वारा बच्चा निकाल्ने काम हस्पिटलले गरेको छ  । जबकी शल्यक्रिया गर्नको लागि :

  • कम्तिमा १५-२५ शैयाको हस्पिटल हुनुपर्ने ,
  • शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रति शैया  कम्तिमा एकजना शल्य चिकित्सक ,एकजना एनेस्थेटिक्स ,एकजना इन्चार्ज ,एकजना शल्यक्रिया सहायक र एकजना नर्स हुनुपर्ने,
  • आइसीयु ,एनआइसीयु ,सिसियु आदिमा प्रति शैयामा एकजना स्टाफ नर्स व्यवस्था हुनु पर्ने,
  • प्रसुती कक्षका लेवर बेडमा Skill Birth Attendants तालिम प्राप्त नर्स हुनुपर्ने ,
  • ब्लड बैंक हुनुपर्ने  ।

लगायत अन्य सेवाहरुको भएको हस्पिटल र मान्यताप्राप्त हस्पिटलले मात्र शल्यक्रिया गर्न पाउने व्यवस्था रहेको छ  । तर वि.के.हेल्थ केयरमा शल्यक्रिया गर्ने सुबिधा नरहेको र नगरपालिकाको अनुमतिबिना नै अपरेसन जस्ता जटिल कार्य गरिरहेका छन्  ।केहि दिन अघि ४ अपरेसन सफलतापुर्वक गरेको वि.के हेल्थ केयरको सामाजिक संजालमा उल्लेख रहेको छ  । हस्पिटलका संचालक विरेन्द्र कुमार महतोका अनुसार गौशाला नगरपालिकाको कार्यालयमा अनुमतिको लागि माग गरे पनि सुनुवाई नभए पछी आफ्नै स्वेच्छाले अपरेसन कार्य संचालन गरिएको उनले बताएका छन्  ।

गौशाला नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंहका अनुसार गौशाला नगरपालिकामा कार्य विधि बन्ने क्रममा रहेको छ  । जसले गर्दा इजाजत दिन नसकेको उनले बताए  । बिना अनुमति यस्तो जटिल कार्य गरि जीवनसंग खेलवाड गर्ने अधिकार कसले दियो भन्ने सन्दर्भमा छिटै नै कारवाहीको प्रक्रिया अगाडी बढाइने उनले बताए  । नगरपालिका अन्तर्गत रहेको क्लिनिक ,हस्पिटललाइ नीतिनियम अनुसार संचालन गर्न लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्   । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले