गौशालामा रहेको वि.के. हेल्थ केयरको लापरवाही ,सम्बन्धित निकाय मौन
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले लापरवाही गरेको पाइएको छ । गौशाला नगरपालिकाको नगर कार्यपालिकाको करिब सय मिटरको दुरीमा रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले पैसा कमाउने लोभमा गर्न नहुने कार्य गरेको पाइएको छ । सामाजिक संजाल द्वारा आफ्नो विज्ञापनमा प्रचार प्रसार गर्दै २४ औ घण्टा अपरेसन सहितको प्रसुती सेवा र पाठेघरको जटिल शल्यक्रिया सेवा जस्ता कार्य गर्ने गरेको उल्लेख गरिएको छ । विगत केहि दिनदेखि पेट चिरेर बच्चा निकाल्ने काम अर्थात शल्यक्रिया द्वारा बच्चा निकाल्ने काम हस्पिटलले गरेको छ । जबकी शल्यक्रिया गर्नको लागि :
- कम्तिमा १५-२५ शैयाको हस्पिटल हुनुपर्ने ,
- शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रति शैया कम्तिमा एकजना शल्य चिकित्सक ,एकजना एनेस्थेटिक्स ,एकजना इन्चार्ज ,एकजना शल्यक्रिया सहायक र एकजना नर्स हुनुपर्ने,
- आइसीयु ,एनआइसीयु ,सिसियु आदिमा प्रति शैयामा एकजना स्टाफ नर्स व्यवस्था हुनु पर्ने,
- प्रसुती कक्षका लेवर बेडमा Skill Birth Attendants तालिम प्राप्त नर्स हुनुपर्ने ,
- ब्लड बैंक हुनुपर्ने ।
लगायत अन्य सेवाहरुको भएको हस्पिटल र मान्यताप्राप्त हस्पिटलले मात्र शल्यक्रिया गर्न पाउने व्यवस्था रहेको छ । तर वि.के.हेल्थ केयरमा शल्यक्रिया गर्ने सुबिधा नरहेको र नगरपालिकाको अनुमतिबिना नै अपरेसन जस्ता जटिल कार्य गरिरहेका छन् ।केहि दिन अघि ४ अपरेसन सफलतापुर्वक गरेको वि.के हेल्थ केयरको सामाजिक संजालमा उल्लेख रहेको छ । हस्पिटलका संचालक विरेन्द्र कुमार महतोका अनुसार गौशाला नगरपालिकाको कार्यालयमा अनुमतिको लागि माग गरे पनि सुनुवाई नभए पछी आफ्नै स्वेच्छाले अपरेसन कार्य संचालन गरिएको उनले बताएका छन् ।



गौशाला नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंहका अनुसार गौशाला नगरपालिकामा कार्य विधि बन्ने क्रममा रहेको छ । जसले गर्दा इजाजत दिन नसकेको उनले बताए । बिना अनुमति यस्तो जटिल कार्य गरि जीवनसंग खेलवाड गर्ने अधिकार कसले दियो भन्ने सन्दर्भमा छिटै नै कारवाहीको प्रक्रिया अगाडी बढाइने उनले बताए । नगरपालिका अन्तर्गत रहेको क्लिनिक ,हस्पिटललाइ नीतिनियम अनुसार संचालन गर्न लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
3 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
10 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
15 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
23 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
23 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
10 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
15 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
23 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
24 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
26 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
27 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments