हिन्दू परिषद नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु

5 वर्ष पहिले प्रकाशित

(2078-09-09 B.S.)

2731 पटक देखिएको

वीरगंज, ९ पुस 

उपेन्द्र पासवान 

हिन्दू परिषद नेपालले वीरगंजमा दुई दिने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । परिषदले शुक्रवार देखि सोल्टी गार्डेन होटल एण्ड पार्टी प्यालेशमा एक भव्य समारोहका बिच भारतका मधुमुनि गुरु, नेपालका धर्मपाल गुरु, संयुक्त जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेल, बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्यले संयुक्त रुपमा पानसमा बत्ति बाली र गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन शत्रमा सम्बोधन गर्दै अतिथिहरुले नेपाललाई विदेशीको ईसारामा धर्मनिरपेक्ष घोषणा गरिए पनि अब नेपाल छिटै हिन्दू राष्ट्र घोषणा हुने विश्वास व्यक्त गरेका थिए । नेपालमा ८२ प्रतिशत ओमकार हिन्दू समुदाय रहे पनि विदेशीको लोभमा परि केही राजनीतिकदलका नेताहरुले धर्मनिरपेक्ष घोषणा गराएका हुन् ।

अब सम्पूर्ण नेपालीहरु एकजुट भई नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका थिए । नेपाल धर्मनिरपेक्ष घोषणा भए देखि नै हिन्दू धर्ममाथि बारम्बार आक्रमण भईरहेकोले अब सम्पूर्ण हिन्दूहरु एकजुट भएर कडा संघर्ष गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

नेपालीहरुको पहिचान स्थापित गराउनका लागि पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिदै हिन्दूहरुलाई बलजफ्ती अन्य धर्ममा रुपान्तरण गर्न केही दलालहरु लागेकोले त्यस्ता दलालहरुलाई समयमै अगाह गर्न आग्रह गरेका थिए ।

क्रिश्यचन, मुस्लिम धर्मका केही व्यक्तिहरुले नेपालमा रहेका गरिब, असहाय परिवारलाई पैसाको लोभ देखाई धर्म परिवर्तन गराउन दिनरात प्रयास गरिरहे पनि त्यस्ता कुतत्वहरुलाई समाजबाट बहिस्कार तथा सरकारले पनि त्यस्ता व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्नु पर्नेमा जोड दिएका थिए । उदघाटन कार्यक्रम पश्चात बेलुका ५ बजे देखि ८ बजे सम्म धार्मिक सांस्कृतिक कार्यक्रम हुने जनाईएको छ ।

त्यसैगरी भोली १० गते बिहान देखि प्रशिक्षण तथा हिन्दू धर्म संस्कृतिमाथि योग्दान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिने जनाईएको छ । परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलको अध्यक्षतामा भएको उदघाटन शत्रमा बुटवलका वरिष्ठ समाजसेवी एवं उद्योगी मनोज मित्तल, वरिष्ठ समाजसेवी जगरनाथ प्रसाद कुर्मी, ज्येष्ठ नागरिक समाज पर्साका सचिव नरेन्द्र तिवारी, सावित्रि माता, आरती माता, कालि माता, सुनसरीका दिपक महराज आतरे, सनातन संस्कृति समाजका महासचिव पुष्पराज पराजुली, समाजिक अभियनता अगनी भुसाल, ब्रह्मकुमार गोकुल, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्य रमेश रौनियार, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी, चित्रञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा, सुनिता रौनियार, सजना खतिवडा, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, बारा जिल्ला अध्यक्ष गोपाल बाबा, जनकपुर जिल्ला अध्यक्ष सत्रुध्न साह, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल लगायत बारा, पर्सा जिल्लाका नगर कमिटि, वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा देशका ७२ जिल्लाबाट करिब ५ सयको सहभागीता रहेको थियो । परिषद्का केन्द्रिय उपाध्यक्ष बिजय गुप्ताले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन कृष्ण कान्त झाले गरेका थिए । कार्यक्रममा पंडित सचितानन्द दुबेले स्वस्तिक वाचन गरेका थिए ।

कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरू डा. चिन्तामणी योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दिपक शाक्य, प्रोफेसर बासु कर्ण, अरबिन्द श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले