गौशालामा सिद्धार्थ बैंकको लापरवाही , सामाजिक सुरक्षा भत्ताको लागि वृद्धवृद्धा आन्दोलित (भिडियो सहित )
पुष १४
ममता शर्मा
महोत्तरीको गौशालामा जेष्ट नागरिकहरुले छ महिना देखिको सामाजिक सुरक्षा भत्ता नपाएपछि आन्दोलित भएका छन् । बुधबार नगरपालिकाको कार्यालय आगाडी नारावाजी गर्दै गौशाला नगरपालिका वडा न. ४ ,६ र ११ का वृद्धवृद्धाहरु आन्दोलित भएका हुन् । बैंक, स्थानीय तह र वडा कार्यालयमा पटक पटक गएर वृद्ध भत्ताको लागि अनुरोध गरेपनि सुनुवाई नभएपछी उनिहरु विभिन्न नाराबाजी गर्दै आन्दोलित भएका हुन् ।
शिवनाथ मेयर चोर कुर्सि छोड ,आशा लामा चोर कुर्सि छोड ,बृद्धहरुको भत्ता समयमै दे ,ज्येष्ठ नागरिकलाइ हेप्न पाइदैन , ज्येष्ठ नागरिकलाइ सम्मान व्यवहार गर ,प्र.प्र.अधिकृत बिरेन्द्र जंग थापा मुर्दाबाद लगायतका नारा लगाउदै उनीहरु आन्दोलित भएका हुन् ।
गौशाला बजार स्थित रहेको सिद्धार्थ बैंकको लापरवाही तथा हेपा प्रवृतिले गरिकन आन्दोलन गर्न बाध्य भएको गौशाला -४ रजखोर निवासी नेकपा एमालेका नेता राम अवतारले बताएका छन् । उनले भने ,"हामी सामाजिक सुरक्षा भत्ताको लागि बैंकमा जादा बैंकका कर्मचारीहरुले एकदमै झोक्किएर बोल्ने गरेका छन् । बैंकलाइ रकम दिन मन लागेपछी मात्र हामीलाई उनीहरु आफैले बोलाउने भनेर भन्ने गरेका छन् । हेप्ने किसिमको व्यवहार देखाउने गरेका छन् ।"
धेरै पटक बैंकबाट निराश भएर स्थानीय सरकार तथा वडा कार्यालय समक्ष जादा पनि गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामबाबु साह तथा स्थानीय तहले कुनै सुनुवाई नभएको अर्का एक स्थानीयले आफ्नो दुखासो पोखेका छन् ।जाडोयाममा चिसो खेप्दै बैंक तथा स्थानीय तह भौतारिनु पर्दा स्थानीय सरकारलाइ ज्येष्ठ नागरिक प्रति कुनै चासो नभएको र बेवास्ता गरेको उनले बताएका छन् । ३ महिनाको अन्तरालमा आउने बृद्ध भत्ता उल्लिखित वडाका वासीहरुले नपाएपछी बाध्य भएर आन्दोलन गर्नु परेको उनले भनेका छन् ।
त्यस्तै स्थानीय तहले कहिले सिद्धार्थ बैंक ,कहिले नेपाल बैंक त कहिले अन्य बैंकका खाता खोलेपछी मात्र रकम बुझ्न पाउने भन्दै स्थानीयहरुलाई शास्ती गरेको अर्का एक ६ महिना देखि बृद्ध भत्ताको पर्खाइमा रहेको ज्येष्ठ नागरिकले बताएका छन् । जनताकै पैसा जनतालाइ नै दिनको लागि सकस परेको जस्तो व्यवहार स्थानीय तहले देखाएको उनले भनेका छन् ।
केहि घन्टाको आन्दोलन पश्चात शुक्रबार देखि बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकका आधिकारिक व्यक्तिले प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments