बारामा पत्रकार सम्मेलन सभा हलको समुद्घाटन सम्पन्न
उपेन्द्र पासवान
बारा जिल्ला स्थित कलैया उपमहानगरपालिकामा रहेको जी न्यूज नेटवर्क प्रा. लि. को आफ्नै नव निर्मित सुबिधा सम्पन्न पत्रकार सम्मेलन सभा हलको एक कार्यक्रमका बिच समुद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि माननीय प्रमोद गुप्ताले पानस बति बालेर उक्त हलको उद्घाटन गरेका हुन । जी न्यूज नेटवर्कले अति नै कम समयमा बारा सहित देशकै लोकप्रिय एवं विश्वसनीय सञ्चार माध्यमको रूपमा स्थापित भएको र यस मिडियाले आम जनताको मन जित्दै र आवाज बिहिनको आवाज उठाउँदै अघि बढदै जानेछ भनी विश्वास रहेको समेत गुप्ताले बोलेका छन् ।
आनन्द शर्मा साहसी व्यक्ति रहेको समेत गुप्ताले बताए । जी न्यूज नेटवर्कका प्रबन्ध निर्देशक आनन्द शर्मा असिमित शक्ति भएका व्यक्ति हुन । उनी यस सञ्चार माध्यमलाई सफलताको शिखर सम्म पकै पनि पुर्याउनु हुनेछ भनी विश्वास रहेको कार्यक्रमका विशिष्ट अतिथी एवं उद्योग वाणिज्य संघ बाराका उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन) ले बताए ।
रामबाबु साहले भने - आनन्द शर्माले बारा जिल्लामा एउटा नौलो कुरा लिएर आउनुभएको छ । यसले सम्पुर्ण बारा बासिको सिर उच्च भएको छ । आनन्द शर्मा सफल संचारकर्मी मात्र नभएर उनी राजनीतिक र मिडिया प्रशिक्षकको रूपमा पनि आफ्नो नाम सहित देशको नाम चिनाउन सफल रहेको व्यक्ति हुन । उहाँ जस्तो व्यक्तिलाई सम्पुर्ण नेपालीले सहयोग र साथ दिई अघि बढनमा मद्दत गर्नुपर्छ । चार वटा बिरोधी पत्रिका चार हजार सेना भन्दा पनि डर लाग्दा हुन्छन् ।” "पत्रकारिता सभ्यसमाजको शिक्षक, समालोचक, र पहरेदार हो, जसले समाज परिवर्तन र सुधारमा महत्वपुर्ण भुमिका खेल्छ । पत्रकारिता आवजविहिनको आवाज हो जसले समाज भएका विकृती र विसंगतीहरूलाइको पर्दाफास गर्दै यसले पहुँच नभएका सर्वसाधारण नागरिकको पक्षमा वकालत गर्दछ । पत्रकारिताले शासक र शासित वर्गविचको भेदलाई कम गर्दै आपसी सम्वाद, सहमती, र सहकार्यको वातावरण सिर्जना गर्दछ ।
यसले समाजमा लुकेर गरिने भ्रष्टचारलाई पर्दाफास गर्दै निरुत्साहित गदै सभ्य समाज निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह खेल्न भुमिका खेल्छ । ओझेलमा परेका पिछडीएका, हेपिएका विकासको मुलधारमा नसमेटीएका सर्वसाधारण नागरिकलाई सशक्तिकरण गर्ने माध्यम नै पत्रकारिता रहेको रामचन्द्र चौधरीले बताए । "राज्यको ‘वाचडग’ वा राज्यको चौथो अंगको उपाधी पाएको पत्रकारिता आज विभिन्न चुनौतीसंग खेलिरहेको अवस्था छ । नेपालका विभिन्न भौगोलिक विकटता भएका क्षेत्रमा त झनै चुनौतीपुर्ण बिषय छ । पत्रकारिता अवसरले भरिएको चुनौतीपूर्ण पेसाका रुपमा पनि लिइने गरिन्छ । पत्रकारिता क्षेत्रमा राज्यको लगानी सून्यप्राय छ । यसकारण पनि पत्रकारिता क्षेत्रमा झनै चुनौति बढेको देखिन्छ । नेपाली पत्रकारिता क्षेत्रले एक सय वर्ष पार गरिसक्दा पनि यस क्षेत्रका चुनौतीहरू भने कम हुनसकेका छैनन् । किनकि, मिडिया क्षेत्रमा लगानीको अभाव छ । व्यावसायिक पत्रकारिताको अभ्यास कम छ । यसले गर्दा मिडिया क्षेत्रमा काम गर्ने मिडियाकर्मिहरू टिक्न सकिरहेका छैनन् । मिडियामा काम गर्ने मिडियाकर्मिहरू नै नटिकेपछि मिडिया हाउसहरूको अवस्था के र पत्रकारिताको अवस्था के ? भन्ने प्रश्न उब्जिन्छन् । आर्थिक अभाव, दक्ष जनशक्तिको अभाव, अव्यवस्थित मिडिया हाउसहरू पत्रकारिता क्षेत्रका समस्या हुन् । जवसम्म मिडिया हाउस आर्थिक रुपमा सवल हुन सक्दैनन् तवसम्म पत्रकारिता दिगो र सवल बन्न नसक्ने जी न्यूज नेटवर्कका प्रबन्ध निर्देशक आनन्द शर्माले बताए ।"
आनन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माननीय प्रमोद गुप्ता, उधोग बाणिज्य संघ बाराका उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन), जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साह, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य एवं युवा संघका प्रदेश संयोजक ध्रुव यादव, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष हरिओम साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण भने रमेश साहको रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments