मापदण्ड विपरित संचालित क्रसरहरु सिल गर्ने मेयरको आदेश 

5 वर्ष पहिले प्रकाशित

(2078-10-02 B.S.)

5394 पटक देखिएको

ममता शर्मा

महोत्तरीको बर्दिबास नगरपालिकाले मापदण्ड विपरित संचालन भएका क्रसरहरुलाई बन्द गर्ने निर्णय गरेको छ  । नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै मेयर बिदुर कुमार कार्कीले क्रसर उद्योगहरुले ढुंगा ,गिट्टी बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको जानकारी गराएका छन्  ।
क्रसरहरुले मापदण्डको पालना सम्बन्धि विवरण स्थानीय तहमा ७ दिन भित्रमा पेश गर्न आदेश पत्र  जारि गरिएको  नगर प्रमुखले बताएका छन्  ।उनले भने , "राजमार्गबाट ५ सय मिटर, शिक्षण संस्थाबाट २ किलोमिटर, हाइटेन्सन लाइनबाट २ किलोमिटर, बन निकुञ्जबाट २  किलोमिटर, पक्की पुलबाट ५ सय मिटर, घनावस्तिबाट २ किलोमिटर, चुरे पहाडको फेदिबाट १५ सय मिटर, खोला वा नदी किनारबाट ५  सय मिटर दूरीमा रहेर संचालन नगरिएको  सबै क्रसर उद्योगहरु बन्द गरिने छ ।" 

मापदण्डको विपरित रुपमा संचालनमा रहेका क्रसरहरुको कारणले समुदायमा प्रत्यक्ष रुपमा तथा प्राकृतिक रुपमा असर पर्ने भएकोले बर्दिबास नगरपालिका अन्तर्गत नियम विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको  उनले बताएका छन्  ।
मापदण्डविपरित खुलेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न २०७७ को मापदण्डमा आधारित भएर पत्राचारसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका अन्तर्गत रहेका करिब  २२ वटा क्रसर उद्योग मध्य  धेरैजसो क्रसर उद्योगहरू मापदण्ड विपरित संचालन भएकोले अवैध उत्तखनन देखि अवैध क्रसर उद्योगलाइ  नियन्त्रण गर्ने गरी औपचारिक रुपमा  कार्यविधि अगाडी बढाइएको उनले जानकारी दिएका छन्  ।
वर्षौ देखि क्रसरको समस्या र यसका अवैध कार्यहरुको जनसमुदायद्वारा विरोध हुदै आइरहेको  तर यति दिन सम्म पनि नगरपालिकाले यस प्रति कुनै चासो नदिएको र चुनावको समयमा आएर क्रसर सम्बन्धि यस्तो  निर्णय गरेको भनेर नगरमाथि प्रश्न उठ्दा उनले भने ,"हामीले यस सम्बन्धि पहिला देखि पहल गर्दै आइरहेका छौ  । चुनावको लागि प्रचार प्रसार गर्न गरेको होइन  । अब हामी नियम विपरितका क्रसरहरुलाई संचालनमा नराखी नियम अनुसार संचालन गर्न ७ दिनको म्याद दिएका छन्  । ७ दिन भित्रमा आफ्नो व्यवस्थापन गरि नियमावली अनुसार संचालनमा आएनन भने कुनै सम्झौता नगरी सिधै सिल गर्ने छौ  । यो हाम्रो प्रतिबद्धता र बर्दिबास नगरपालिकाको अभियान हो  ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले